पुस १८, काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सरकारी, सहकारी र निजी क्षेत्रको संयुक्त प्रयत्नबाट मुलुकको विकास गतिशील हुने बताउनुभएको छ । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १८, काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सरकारी, सहकारी र निजी क्षेत्रको संयुक्त प्रयत्नबाट मुलुकको विकास गतिशील हुने बताउनुभएको छ । 
<"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीति रुपान्तरणको मियो सहकारी: अर्थमन्त्री

१८ पुष २०७३, सोमबार ०८:५९

पुस १८, काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सरकारी, सहकारी र निजी क्षेत्रको संयुक्त प्रयत्नबाट मुलुकको विकास गतिशील हुने बताउनुभएको छ । 

राष्ट्रिय सहकारी सङ्घले आयोजना गरेको राष्ट्रिय कार्यशाला गोष्ठीलाई आज यहाँ सम्बोधन गर्दै उहाँले नेपालको संविधान, २०७३ ले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने परिकल्पना गरेको छ भन्नुभयो । 

उपप्रधानमन्त्री महराले आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रुपान्तरणको मियो बनेका सहकारी संस्थाले ‘सुतखारी’ र ‘ढिकुटी’ जस्ता सामन्ती प्रथाको जरो उखेल्नुका साथै विश्वमा कीर्तिमान समेत राखेका छन् भन्नुभयो । 

दुई दिनसम्म सञ्चालन हुने उक्त गोष्ठीमा उहाँले ठूलो पुँजीले भन्दा स–सानो पुँजीको एकीकरणबाट दिगो विकास गर्न सहकारी मेरुदण्ड सावित हुने धारण राख्नुभयो । 

‘आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी’ भन्ने अभियानका साथ सुरु भएको उक्त कार्यशालालाई सम्बोधन गर्दै रक्षामन्त्री बालकृष्ण खाँणले नेपाली राजनीतिमा शुद्धीकरणको अभियन्ता सहकारीकर्मीहरु भएको धारण व्यक्त गर्नुभयो । 

उहाँले सहकारी अगुवासँग व्यवस्थापकीय क्षमता, लगनशीलता र अर्थको राम्रो समायोजन गर्न सक्ने सीप र दक्षता भएकाले उनीहरुलाई स्थानीय निकायको जिम्मेवारी दिनु आजको आवश्यकता रहेको बताउनुभयो । 

रक्षामन्त्री खाँणले शान्ति, समृद्धि र गाउँको विकासका लागि सहकारी संस्थाको अग्रणी भूमिका रहेको बताउँदै मुलुकको अर्थतन्त्र चलायमान बनाउन, महिलाको सशक्तीकरण गर्न र नेतृत्व क्षमता विकास गर्न सहकारीको महत्वपूर्ण भूमिका रहेको छ भन्नुभयो । कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले सहकारी मुलुकको विकासका लागि आधारशीला भएको धारण राख्नुभयो । 

सहकारी सङ्घका अध्यक्ष केशव बडालले सहकारीमा सुशासन कायम गरी संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य प्राप्तिका लागि नेपालका सहकारीको भूमिका कस्तो रहनुपर्छ भन्ने बोध गराउने उद्देश्यले कार्यशाला आयोजना गरिएको बताउनुभयो । 

गोष्ठीमा मुलुकभरिका विभिन्न क्षेत्रका विषयगत सहकारी संस्थाका ३०० व्यक्तिको सहभागिता छ । 

उक्त गोष्ठीमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा युवराज खतिवडा, सहकारी ज्ञाताहरु सुरेश प्रधान, डा राजु अधिकारी, रमेश बडाल, सभासद् ओमदेवी मल्ल दीपक बास्कोटालगायतले सहकारीसम्बन्धी विभिन्न कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’