पुस १८, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचनका सवालमा कुनै पक्षबाट धम्की आए तत्कालै सरकार छाड्नुपर्ने बताउनुभएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १८, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचनका सवालमा कुनै पक्षबाट धम्की आए तत्कालै सरकार छाड्नुपर्ने बताउनुभएको छ । "/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनका सवालमा धम्की आए तत्काल सरकार छाड्नुपर्छ: बिजुक्छे

१८ पुष २०७३, सोमबार ०९:०५

पुस १८, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचनका सवालमा कुनै पक्षबाट धम्की आए तत्कालै सरकार छाड्नुपर्ने बताउनुभएको छ । 

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले सार्वभौम सरकारले भित्री वा बाहिरी पक्षको धम्कीका कारण निर्वाचनलाई पर धकेल्न नहुने बताउनुभयो । 

मधेसी मोर्चा बिना नै निर्वाचन सम्भव रहेको भन्दै बिजुक्छेले तत्काल निर्वाचन सम्भव भएको स्थानमा निर्वाचन गर्ने र बाँकी रहेका स्थानमा पछि निर्वाचन गर्न सकिने बताउनुभयो । 

उहाँले संसद्मा संशोधन विधेयक फिर्ता नलिए सरकारको आयु सकिने भन्दै संसद्बाटै निर्वाचनसम्बन्धी विधेयक पास गरी तोकिएकै समयमा सम्भव भएका स्थानमा निर्वाचन हुने बताउनुभयो । 

निर्वाचनअघि नै सत्ता समीकरण बदल्न सक्ने अवस्था हिजो पनि रहेको र आज पनि रहेको भन्दै नेता बिजुक्छेले माओवादीकै कारण एमाले र काँग्रेसको समीकरणमा नयाँ सरकार बन्ने टिप्पणी गर्नुभयो । 

उहाँले अङ्गीकृत नागरिकलाई जसरी जन्मसिद्ध नागरिकसरह अधिकार दिने चलखेल हुँदैछ, दक्षिणतर्फका लागि मात्र नभएर उत्तरतर्फकाले समेत यो अधिकार मागे नेपालीभन्दा विदेशी जनसङ्ख्या बढी हुने र नेपाली अल्पमतमा पर्ने दाबी गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’