२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सांसद खनालको सिँचाई ब्यवस्थाले नवलपरासी दाउन्ने देविका किसान हर्षित

२०७३, १९ पुष मंगलवार ०२:३६

मोहम्मद ईजहार शेष/पुस १९, परासी । नवलपरासीको दाउन्ने देवि गाविस वडा नम्वर २ सूर्यनगरमा डिप ट्युबेलको सुबिधा भएपछि त्याँहाका किसानहरु हर्षित भएका छन् । 

नेपाली कांग्रेसका संसदिय दलका नेता तथा नवलपरासी क्षेत्र नम्बर ५ का सांसद समेत रहनु भएका नेता बिक्रम खनालको बिशेष पहलमा सो ठाँउमा डिप ट्युबेलको ब्यवस्था भएपछि दाउन्नेदेवी गाविस वडा नम्बर २ र ३ का किसानहरु सिँचाईवाट लाभान्वीत भएका छन् । 

करिब ७६ लाखको लगानीमा निर्माण गरिएको उक्त टियुबेलको आज नेता खनालको प्रमुख आतिथ्य तथा सुर्यनगर डिप ट्युबेल उपभोक्ता समितिका अध्यक्ष धुर्वराज जमरकटेलको अध्यक्षतामा एक कार्यक्रम गरि उक्त डिप टिउबेलको उद्घाटन गरिएको छ । 

उदघाटन कार्यक्रममा बोल्दै नेता खनालले सो ठाँउका किसानको पहिलो मांग कृषिको बिकासको लागि सिँचाईको ब्यवस्था रहेकोमा अहिले उक्त मांग आंशिक रुपमा मात्र पुरा भएको र समय सापेक्ष सो क्षेत्रको बिकासका लागि आफु काम गरिरहेको बताउनु भएको थियो । 

डिप टिउबेल निर्माण भएपछि करिब १ सय ५० घरदुरी लाभान्वीत भएका छन् भने ६१ बिगहा कृषि क्षेत्र सिँचित बनेको छ । सांसद खनालको पहलमा नवलपरासीको देवगाँउ , गेर्मि , सनई , बडहरा दुबौलिया लगायतका क्षेत्र नम्बर ५ का बिभिन्न गाविसहरुमा डिप ट्युबेल निर्माण भएपछि किसानहरु हर्षित भएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी