पुस १९, काठमाडौं । सहरी विकास मन्त्री अर्जुननरसिँह केसीले संविधान संशोधन प्रस्तावको बिषयलाई लिएर निरन्तर संसद अवरुद्ध गरेर एमालले अलोकतान्त्रिक पद्धति अंगाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस १९, काठमाडौं । सहरी विकास मन्त्री अर्जुननरसिँह केसीले संविधान संशोधन प्रस्तावको बिषयलाई लिएर निरन्तर संसद अवरुद्ध गरेर एमालले अलोकतान्त्रिक पद्धति अंगाल"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदभित्र सुर्ती थुक्ने मन्त्रीले दिए यस्तो जवाफ

१९ पुष २०७३, मंगलवार ०९:४७


पुस १९, काठमाडौं । सहरी विकास मन्त्री अर्जुननरसिँह केसीले संविधान संशोधन प्रस्तावको बिषयलाई लिएर निरन्तर संसद अवरुद्ध गरेर एमालले अलोकतान्त्रिक पद्धति अंगालेको आरोप लगाएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेवपालमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री केसीले संविधान सभाबाट संविधान जारी गर्ने २००७ साल देखिको  सपना ६५ बर्ष पछि पुरा भएको र यहि उपलब्धिलाई मध्येजनर गरेर अघि बढ्नुको साटो संसद बन्द गरेर मुलुकलाई असहज स्थितिमा लैजाने काम एमालेले गरिरहेको आरोप लगाएका हुन् ।

मन्त्री केसीले संविधान कार्यन्वयनको विकल्प नभएको भन्दै अहिले उठेका असन्तुष्टीका आवाजलाई सम्बोधन गर्नको लागि पनि संविधान संशोधन आवश्यक रहेको बताए । उनले भने,‘अहिले जुन प्रस्तावको बिषयमा छलफल भईरहेको छ, यो बिषयलाई फेरी पनि कुनै दिन संशोधन गर्नुपर्ने हुनसक्छ, त्यतिबेला फेरी संशोधन हुन्छ, त्यसैले यसको बिरोध भन्दा पनि संसदको नियम र हिजो मात्रै संशोधनको बिषयमा सर्वोच्च अदालतले दिएको आदेशलाई ग्रहण गर्नुपर्छ ।’

फरक प्रसँगमा आफु बिगत केही दिनदेखिनै अस्वस्थ भएकाले हिजो संसदमा देखिएको दृश्य स्वभाबिक भएको भन्दै गल्ति नगर्ने मानिस दुनियाँमा नभेटिने बताए । उनले भने,‘एक्कासि मलाई घाँटी सक्र्यो, मैले गल्ती गरेकै हो तर बाध्यतालाई नबुझि जुन प्रकारको समाचार बाहिर आयो मलाई हाँसो लागेको छ, संसदीय मान्यता मलाई थाहा छ, पालक पनि मै हुँ तर हिजो त्यस्तो भयो, हतियार थापेर मलाई कुर्नेहरुको लागि मौका मिल्यो कुनै दिन मेरै जस्तो समस्या उसलाई पनि नआउला भन्न सक्दिन ।’



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’