पुस २०, काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको आदेशले प्रदेश टुक्र्याउने दुर्घटनाबाट बचाएको बताएका छन् । 

नेकपा एमालेसहित नौ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २०, काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको आदेशले प्रदेश टुक्र्याउने दुर्घटनाबाट बचाएको बताएका छन् । 

नेकपा एमालेसहित नौ"/>

२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्वोच्चको आदेशले प्रदेश टुक्र्याउने दुर्घटनाबाट बचायो: नेपाल

२०७३, २० पुष बुधबार ११:१५

पुस २०, काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको आदेशले प्रदेश टुक्र्याउने दुर्घटनाबाट बचाएको बताएका छन् । 

नेकपा एमालेसहित नौ राजनीतिक दलले यही पुस २२ गते गर्ने जनप्रदर्शनको सन्दर्भमा प्रेस चौतारी नेपालद्वारा बुधबार आयोजित अन्तरसंवादमा पूर्वप्रधानमन्त्री नेपालले प्रदेश टुक्र्याउने दुर्घटनाबाट बचाउने सर्वोच्चको आदेश स्वागतयोग्य रहेको बताए । 

“सर्वोच्चको आदेश स्वगतयोग्य छ, ५ नम्बर प्रदेश टुक्र्याउन खोज्ने सरकारको कदम जनभावना विपरीत छ,” उनले भने । सर्वोच्चको आदेश र एमालेसहित नौदलको जनप्रर्दशनपछि संविधान संशोधनलाई थाँती राखेर साझा सरोेकारका विषयमा संविधान कार्यान्वयन र तीनवटै निकायको निर्वाचनमा जान उहाँले सरकारसँग आग्रह गरे । 

नेता नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई समेत देशलाई झमेलामा पार्ने काम नगराउन आग्रह गरे । “शेरबहादुर देउवा पाको मान्छे हुनुहुन्छ, प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको गल्तीको तमासा हेर्ने होइन, सच्चाउनस्, रोक्नुस्, के कारणले उहाँले यो काम गर्दै हुनुहुन्छ बुझ्नुस्, आवश्यक परे एमाले सहयोगी हात फैलाउन तयार छ ।” 

प्रदेशसभाको निर्वाचन नभएसम्म संविधान संशोधनको प्रस्ताव फिर्ता लिने आफूले विश्वास लिएको नेता नेपालको भनाइ थियो । संसारका धेरै देश जातीय र धार्मिक कुरामा सर्तक हुन थालेका उल्लेख गर्दै उनले भारतको सर्वोच्च अदालतले जातीय र धार्मिक कुरामा चुनावको विषय बनाउन पाउँदैन भनेर फैसला गरेको हुँदा नेपाली राजनीतिक दलले पनि सो कुरामा ध्यान दिनुपर्नेमा जोड दिए । 

पाँच नम्बर प्रदेश टुक्र्याउने सुरुवात मात्र भएको नेता नेपालले बताए । “तराई विखण्डन नगरे हामी चुप लागेर बबस्दैनौ भन्ने कुरा आएको छ, यो गलत कुरा हो,” उनले भने । सबै जातजातिको साझा देश भएको हुँदा पारस्पारिक एकता, समान भावका साथ बस्नुपर्ने नेता नेपालको भनाइ थियो । 

नेता नेपालले संविधान संशोधनको प्रस्ताव बेमौसमको बाजा भएको र देश टुक्र्याउने, विखण्डन गर्ने कुरामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) गम्भीर नदेखिएकोप्रति एमाले चिन्तित भएको धारणा राखे । 

नेकपा (एमाले)का उपाध्यक्ष एवम् प्रदेश नम्बर ३ का इन्चार्ज अष्ठलक्ष्मी शाक्यले संविधान संशोधनको प्रस्ताव देश टुक्र्याउने, जनभावना विपरीत र असंवैधानिक भएको हुँदा उक्त प्रस्ताव फिर्ता लिन आग्रह गरे । 

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले संविधान संशोधन प्रस्ताव संविधानको भावनाविपरीत भएको हुँदा एमालेसहित नौ पार्टीको जनप्रदर्शनलाई सफल पार्न आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी