पुस २०, काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको आदेशले प्रदेश टुक्र्याउने दुर्घटनाबाट बचाएको बताएका छन् । 

नेकपा एमालेसहित नौ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २०, काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको आदेशले प्रदेश टुक्र्याउने दुर्घटनाबाट बचाएको बताएका छन् । 

नेकपा एमालेसहित नौ"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्वोच्चको आदेशले प्रदेश टुक्र्याउने दुर्घटनाबाट बचायो: नेपाल

२० पुष २०७३, बुधबार ११:१५

पुस २०, काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको आदेशले प्रदेश टुक्र्याउने दुर्घटनाबाट बचाएको बताएका छन् । 

नेकपा एमालेसहित नौ राजनीतिक दलले यही पुस २२ गते गर्ने जनप्रदर्शनको सन्दर्भमा प्रेस चौतारी नेपालद्वारा बुधबार आयोजित अन्तरसंवादमा पूर्वप्रधानमन्त्री नेपालले प्रदेश टुक्र्याउने दुर्घटनाबाट बचाउने सर्वोच्चको आदेश स्वागतयोग्य रहेको बताए । 

“सर्वोच्चको आदेश स्वगतयोग्य छ, ५ नम्बर प्रदेश टुक्र्याउन खोज्ने सरकारको कदम जनभावना विपरीत छ,” उनले भने । सर्वोच्चको आदेश र एमालेसहित नौदलको जनप्रर्दशनपछि संविधान संशोधनलाई थाँती राखेर साझा सरोेकारका विषयमा संविधान कार्यान्वयन र तीनवटै निकायको निर्वाचनमा जान उहाँले सरकारसँग आग्रह गरे । 

नेता नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई समेत देशलाई झमेलामा पार्ने काम नगराउन आग्रह गरे । “शेरबहादुर देउवा पाको मान्छे हुनुहुन्छ, प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको गल्तीको तमासा हेर्ने होइन, सच्चाउनस्, रोक्नुस्, के कारणले उहाँले यो काम गर्दै हुनुहुन्छ बुझ्नुस्, आवश्यक परे एमाले सहयोगी हात फैलाउन तयार छ ।” 

प्रदेशसभाको निर्वाचन नभएसम्म संविधान संशोधनको प्रस्ताव फिर्ता लिने आफूले विश्वास लिएको नेता नेपालको भनाइ थियो । संसारका धेरै देश जातीय र धार्मिक कुरामा सर्तक हुन थालेका उल्लेख गर्दै उनले भारतको सर्वोच्च अदालतले जातीय र धार्मिक कुरामा चुनावको विषय बनाउन पाउँदैन भनेर फैसला गरेको हुँदा नेपाली राजनीतिक दलले पनि सो कुरामा ध्यान दिनुपर्नेमा जोड दिए । 

पाँच नम्बर प्रदेश टुक्र्याउने सुरुवात मात्र भएको नेता नेपालले बताए । “तराई विखण्डन नगरे हामी चुप लागेर बबस्दैनौ भन्ने कुरा आएको छ, यो गलत कुरा हो,” उनले भने । सबै जातजातिको साझा देश भएको हुँदा पारस्पारिक एकता, समान भावका साथ बस्नुपर्ने नेता नेपालको भनाइ थियो । 

नेता नेपालले संविधान संशोधनको प्रस्ताव बेमौसमको बाजा भएको र देश टुक्र्याउने, विखण्डन गर्ने कुरामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) गम्भीर नदेखिएकोप्रति एमाले चिन्तित भएको धारणा राखे । 

नेकपा (एमाले)का उपाध्यक्ष एवम् प्रदेश नम्बर ३ का इन्चार्ज अष्ठलक्ष्मी शाक्यले संविधान संशोधनको प्रस्ताव देश टुक्र्याउने, जनभावना विपरीत र असंवैधानिक भएको हुँदा उक्त प्रस्ताव फिर्ता लिन आग्रह गरे । 

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले संविधान संशोधन प्रस्ताव संविधानको भावनाविपरीत भएको हुँदा एमालेसहित नौ पार्टीको जनप्रदर्शनलाई सफल पार्न आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’