पुस २०, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा उम्मेदवार हुन पहिलो पटक उमेरको हदबन्दी तोकेको छ । 

आज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २०, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा उम्मेदवार हुन पहिलो पटक उमेरको हदबन्दी तोकेको छ । 

आज"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्ववियु निर्बाचन फागुन १४ मा, २८ वर्ष उमेर हद तोकियो

२० पुष २०७३, बुधबार १२:४१

पुस २०, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा उम्मेदवार हुन पहिलो पटक उमेरको हदबन्दी तोकेको छ । 

आज बसेको त्रिविको ४२ औँ साधारण बैठक (सिनेट)ले स्ववियु निर्वाचनका लागि उम्मेदवारको हदबन्दी २८ वर्ष तोकेको त्रिविका विद्यार्थी तथा खेलकुद कल्याण शाखा प्रमुख गङ्गावहादुर थापाले जानकारी दिनुभयो । 

उमेरको हदबन्दी तोकिएपछि आगामी फागुन १४ गते स्ववियु निर्वाचन हुने निश्चित जस्तै भएको छ । बैठकले मिश्रित निर्वाचन प्रणाली अपनाउने निर्णयसमेत गरेको उहाँले बताउनुभयो । 

अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचनबाट र उपाध्यक्ष, सहसचिवसहित ५० प्रतिशत सदस्य समानुपातिक प्रणालीबाट चयन गरिने छ । 

विद्यार्थी सङ्गठनबीच उमेर हदबन्दीको विषयमा विवाद हुँदै आएको थियो । प्रत्येक दुई÷दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालयता विद्यार्थी सङ्गठनबीच विवाद सिर्जना भएर हुनसकेको छैन । 

विद्यार्थी सङ्गठनद्वारा स्वागत 

अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानेले उमेर हदबन्दी तोकेसँगै अब स्ववियु निर्वाचन हुने सुनिश्चित भएको बताउनुभयो । उहाँले आफ्नो सङ्गठनले नै उमेरको हदबन्दी माग गरेको जानकारी दिनुभयो । 

नेपाल विद्यार्थी सङ्घका महामन्त्री कुन्दनराज काफ्लेले आफ्नो सङ्गठनले एक पटक निर्वाचनका लागि उमेरको हदबन्दी नलगाउने पक्षमा रहेपनि निर्वाचनको सुनिश्चितता भए उमेरको हदबन्दीलाई मानेर जाने बताउनुभयो । 

अनेरास्ववियुका महासचिव ऐन महरले उमेरको हदबन्दी लगाएसँगै निर्वाचनको सुनिश्चितता भएको प्रतिक्रिया दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’