पुस २१, काठमाडौँ । सरकारले तोकिएको समयावधिभन्दा बढी सेवा काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भएको छ । 

मन्त्रिपरिषद्को आज प्रधानमन्त्री तथा मन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २१, काठमाडौँ । सरकारले तोकिएको समयावधिभन्दा बढी सेवा काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भएको छ । 

मन्त्रिपरिषद्को आज प्रधानमन्त्री तथा मन"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्मचारीलाई प्रोत्साहन भत्ता दिने सरकारको निर्णय

२१ पुष २०७३, बिहीबार ०९:०१

पुस २१, काठमाडौँ । सरकारले तोकिएको समयावधिभन्दा बढी सेवा काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भएको छ । 

मन्त्रिपरिषद्को आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले तोकिएको समयावधिभन्दा बढी सेवा गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । 

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बैठकमा सङ्घ, प्रदेश, स्थानीय तहका कार्यविस्तृतीकरण, अधिकार सूचीका बारेमा व्यापक छलफल भई यसलाई मन्त्रिपरिषद्अन्तर्गतको आर्थिक पूर्वाधार समितिमा पठाउने निर्णय गरेको सञ्चारकर्मीलाई जानकारी दिए । 

वनसंरक्षक शाहीलाई सहिद घोषणा 

हालै ताप्लेजुङको खोकलिङमा हत्या गरिएका वनरक्षक गणेशबहादुर शाहीलाई सहिद घोषणा गर्ने र उनको  परिवारलाई रु १० लाख दिने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ । 

जाजरकोट निवासी शाहीको वन संरक्षणका क्रममा नै वीभत्स हत्या भएको थियो । 

यसैगरी बैठकले खेल प्रशिक्षक वासुदेव भट्टराई (बाँके) र जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कर्णबहादुर खड्काका परिवारजनलाई जनही रु १० लाख आर्थिक सहायता दिने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए । प्रशिक्षक भट्टराई र कार्यालय प्रमुख खड्काको हालै खेलकुद प्रतियोगितामा भाग लिन जाने क्रममा निधन भएको उनले जानकारी दिए । 

यसैगरी बैठकले काठमाडौँको बूढानीलकण्ठ नजिक राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योगसेवा केन्द्र स्थापना , एकीकृत सहरी विकास समिति गठन, टर्कीको राजधानी इस्तानबुलमा अवैतनिक वाणिज्यदूतमा कार्यरत फात्मा गुन्सेली मालाकोचको पदावधि थप र सडक सुधार तथा विस्तारका लागि एसियाली विकास बैंकबाट प्राप्त ऋण सहायताबापतको रु २० अर्ब २८ करोड स्वीकार गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’