पुस २२, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधनको प्रस्तावलाई राजनीतिक समझदारीका आधारमा अघि बढाइनुपर्ने बताएका छन् ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २२, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधनको प्रस्तावलाई राजनीतिक समझदारीका आधारमा अघि बढाइनुपर्ने बताएका छन् ।&nbs"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीतिक समझदारीमा विधेयक अघि बढाइनुपर्छ: थापा

२२ पुष २०७३, शुक्रबार ०६:४२


पुस २२, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधनको प्रस्तावलाई राजनीतिक समझदारीका आधारमा अघि बढाइनुपर्ने बताएका छन् । 

पार्टी कार्यालय, धुम्बाराहीमा आज रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै उनले भने– “यथास्थितिमा समझदारी नगरीकन विधेयक अघि बढाए राजनीतिक प्रतिउत्पादक हुने खतरा बढ्न सक्छ ।” 

अध्यक्ष थापाले भने– “सर्वोच्चको फैसलापछि संशोधन विधेयकबारे संसद्मा बहस गर्ने बाटो खुलेको छ, तर यो कानुनी विषय मात्र होइन, राजनीतिक विषय पनि भएकाले संसद्मा रहेका राजनीतिक दलहरुसँग छलफल र सहमति गरेर अघि बढेर जानु बुद्धिमानी हुन्छ ।” 

फरक प्रसङ्गमा अध्यक्ष थापाले पार्टी एकीकरणपछि स्वाभाविक रुपमा राप्रपाको सिट सङ्ख्याका आधारमा पार्टीको तर्फबाट मन्त्रिमण्डलमा थप सदस्य थप्नुपर्ने भए पनि यसबारे प्रधानमन्त्री, सत्ता साझेदार काँग्रेस र माओवादी केन्द्रको भूमिकामा भरपर्ने बताए । 

“पार्टी एकीकरणपछि स्वाभावतः हामी सत्ता पक्ष भएका छौँ, सङ्ख्याको अनुपातमा सरकारमा प्रतिनिधित्वको सङ्ख्या वृद्धि हुनु स्वाभाविक हो, यसमा सत्ता साझेदार दलको व्यवहारमा भर पर्छ, भन्दै उनले अहिले हामीसँग तीन विकल्प छन्, पहिलो अहिलेकै दुई मन्त्रीलाई निरन्तरता दिने, दोस्रो सङ्ख्या वृद्धि गर्ने र तेस्रो भएका मन्त्रीलाई पनि फिर्ता बोलाउने हुने बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’