प्रज्वल पौडेल/पुस २२, काठमाडौ । सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले सामुदायिक रेडियोहरुले समाज परिवर्तनको लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पौडेल/पुस २२, काठमाडौ । सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले सामुदायिक रेडियोहरुले समाज परिवर्तनको लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ "/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समाज परिवर्तनको लागि संचारको भूमिका महत्वपूर्ण: सञ्चारमन्त्री

२२ पुष २०७३, शुक्रबार ०९:३२


प्रज्वल पौडेल/पुस २२, काठमाडौ । सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले सामुदायिक रेडियोहरुले समाज परिवर्तनको लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । 

सामुदायिक रेडियो प्रसारक संघको १२ औ साधारणसभाको शुक्रबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाजको बिषयलाई गहिराईमा पुगेर अध्ययन गरि समाचार तथा बिचार संप्रेषण गर्न उहाँले पत्रकारहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो-"रत्नपार्क र सिंहदरबारमा काम गर्ने पत्रकार भन्दा ग्रामिण, विपन्न समुदायमा पुगेर काम गर्ने पत्रकारको भुमिका महत्त्वपूर्ण छ ।"

उहाँले आमसंचार प्रतिष्ठान मार्फत पिछडिएका समाजको बिषय बाहिर ल्याउन चाहने पत्रकारका लागि सरकारले बिशेष सहयोगको प्याकेज ल्याउने र पत्रकारलाई तालीम समेत दिने तयारी पनि गरिरहेको जानकारी दिनुभयो । 


नेपालमा सय भन्दा जाति,भाषा भएको बताउदै कार्कीले सबै भाषा, जाति हाम्रा हुन् भन्ने सोचेर सामुदायिक रेडियोले सामाग्री उत्पादन गरेर प्रशारण गर्नुपर्ने धारणा राख्नुभयो । रेडियोकर्मीले रेडियोको विकासका लागि काम गर्नुपर्ने भएकाले पत्रकारले राजनीति भन्दा पनि संचारको विकासका लागि लाग्न नेतृत्वलाई आग्रह गर्नुभयो ।

महाधिबेशनमा देशभरका सामुदायिक रेडियोका करिब ३ सय रेडियोकर्मि सहभागी भएका छन् । साधारणसभाले अकोराबको नयाँ नेतृत्व चयन गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’