पुस २२, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक मुलुकमा तोकिएको अवधिमा निर्वाचन हुन नदिने र राष्ट्रियतामा आघात पुग्ने प्रस्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २२, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक मुलुकमा तोकिएको अवधिमा निर्वाचन हुन नदिने र राष्ट्रियतामा आघात पुग्ने प्रस्त"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधन विधेयक राष्ट्रियतामा आघात पुग्ने प्रस्ताव हो: ओली

२२ पुष २०७३, शुक्रबार १२:२२


पुस २२, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक मुलुकमा तोकिएको अवधिमा निर्वाचन हुन नदिने र राष्ट्रियतामा आघात पुग्ने प्रस्ताव भएकाले त्यसलाई पारित हुन नदिने बताएका छन् । 

एमालेसहित विपक्षी नौ दलले शुक्रबार काठमाडौँमा आयोजना गरेको जनसभामा नेता ओलीले तराई र पहाडका जिल्लालाई आपसमा अलग गर्ने गरी ल्याइएको संशोधन संविधान विपरीत हुने सर्वाेच्च अदालतको फैसलाले स्पष्ट गरिसकेको जिकिर गर्दै सत्तारुढ दलले यसलाई अघि बढाउन खोज्नु मुलुकमा निर्वाचन नगराउनु र संवैधानिक रिक्तता ल्याउने प्रयास हुनु हो भन्ने आरोप लगाए । 

“संविधान बमोजिम २०७४ साल माघ ७ गतेभित्र तीनै तहका निर्वाचन गरिसक्नुपर्छ तर यो सरकार के गर्दैछ ? निर्वाचन गराउन खोज्दै छ ? प्रदर्शनीमार्गमा सहभागी जनसमूहबीच पूर्वप्रधानमन्त्री ओलीले प्रश्न गर्दै भने, “सरकार अनुचित उद्देश्य पूरा गर्न, कसैको आदेश तामेली गर्न र आयु लम्ब्याउन खोज्दैछ ।” 

उनले जुवा (कौडा) खेल्दा तास वा कौडा मात्र नसकिएर हार्नेको श्रीसम्पति नै गुम्ने भए झैँ अहिलेको संशोधनबाट पनि राष्ट्रियता सङ्कटमा पर्ने तर्क गर्दै नेपालका राष्ट्रभाषालाई समाप्त पार्न र हिन्दी भाषालाई स्थापित गराउने खतरा पनि रहेको बताए । संशोधन प्रस्तावबारे प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच परामर्श भएको र प्रधानन्यायाधीशले अघि बढ्न सुझाव दिएका जस्ता प्रचार सरकार पक्षबाट गराइनु गैरजिम्मेवार भएको उनको भनाइ थियो । 

आजको जनप्रदर्शनबाट राजधानी जागेको जिकिर गर्दै उनले अब फागुनको दोस्रो साता तराई–मधेस र मेची–महाकाली जागरण अभियान सञ्चालन गरिने जानकारी दिए । उनले भने, “नेपाली विगतमा पनि कसैसँग झुकेन, हाम्रो स्वाधीनता जिउँदो छ । हामी कहिल्यै लम्पसार परेनौँ । अब यो अभिभारा युवाले बोक्ने विश्वास लिएको छु ।” 

(एमाले)का वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमसहित नौ दलका शीर्ष नेता सहभागी सभामा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अहिले मुलुकलाई संविधान नभई संविधान कार्यान्वयन र तीन तहको निर्वाचन आवश्यक भएको बताए । 

सो पार्टीका महासचिव ईश्वर पोखरेलले देशलाई घात हुने कुनै पनि प्रस्ताव पारित हुन नदिई आफूहरु संविधान कार्यान्वयनका लागि दृढताका साथ उभिने बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’