१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सल्यानका द्वन्द्वपीडित न्याय खोज्दै काठमाडौँमा

२५ पुष २०७३, सोमबार ०६:३१

पुस २५, काठमाडौँ । सल्यानका द्वन्द्वपीडित कालीबहादुर घर्तीमगरले न्यायका लागि पटकपटक सरोकारवाला निकायमा ताकेता गर्दा पनि कुनै सुनुवाइ नभएको गुनासो गर्नुभएको छ । 

तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा विद्रोही पक्षबाट पीडित भनिएका कालीबहादुरले न्यायका लागि शान्ति समिति र सत्य निरुपण तथा मेलमिलाप आयोगमा निवेदन दिए पनि सुनुवाइ नभएको बताउनुभयो । 

न्यायका लागि सल्यानबाट राजधानी काठमाडौँ आएका कालीबहादुरले डेढ हप्तादेखि विभिन्न निकायमा धाएको तर कतैबाट पनि वास्ता नगरिएको राससलाई बताउनुभयो । 

तत्कालीन अवस्थामा सुराकीको आरोपमा विद्रोही पक्षबाट तीन पटकसम्म अपहरणमा परेको बताउने उहाँ विसं २०५६ देखि विस्थापित भई हाल (पाँच परिवारका साथ) बाँकेमा बस्दै आउनुभएको छ । 

स्थानीय जिल्ला प्रशासन कार्यालय, सत्य निरुपण तथा मेलमिलाप आयोगले प्रतिवेदन कार्यान्वयन नगरेको भन्दै उहाँले आफूजस्तै पीडितलाई चाँडो राहत उपलब्ध गराउन सरकारसमक्ष आग्रह गर्नुभयो । 

नेपाली काँग्रेस सल्यानको जिल्ला समिति सदस्यसमेत रहनुभएका पीडित कालीबहादुरले २०५६ सालमा जिल्लाको चाँदेकरेन्जी–३ को घर ध्वस्त बनाई करिब रु छ लाखको क्षति भएको बताउनुभयो । सल्यानमा राज्य र विद्रोही दुवै पक्ष गरी करिब छ हजार द्वन्द्वपीडित रहेको बताइन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह