पुस २५, इटहरी । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले झुक्याएर संविधान संशोधन प्रस्तावलाई संसद्मा टेबल गराउने कार्य आपत्तिजनक भएको बताएका छन्  ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २५, इटहरी । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले झुक्याएर संविधान संशोधन प्रस्तावलाई संसद्मा टेबल गराउने कार्य आपत्तिजनक भएको बताएका छन्  । 
३ माघ २०८२, शुक्रबार
काठमाडौँ - KTM

झुक्याएर संशोधन प्रस्ताव टेबुल गरियो: नेपाल

२५ पुष २०७३, सोमबार ०७:२६

पुस २५, इटहरी । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले झुक्याएर संविधान संशोधन प्रस्तावलाई संसद्मा टेबल गराउने कार्य आपत्तिजनक भएको बताएका छन्  । 

प्रेस चौतारी सुनसरीले इटहरीमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता नेपालले भने, ‘‘सभामुखले झुक्याएर प्रस्ताव दर्ता गराउने काम संसदीय पद्दतिविरुद्ध छ ।’’ 

उनले प्रदेश नं ५ का जनताले नचाहेको र माग नै नगरेको विषय चलाएर सत्ता पक्षले संविधानको व्यवस्थालाई समेत ठाडो रुपमा उल्लङ्घन गर्ने काम गरेको आरोप लगाए । 

उनले तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिमा संलग्न नेताहरुले गल्ती भएको स्वीकार गरेको तथ्यले पनि नेताहरुप्रति जनतामा अविश्वास बढ्न थालेको बताए । 

वरिष्ठ नेता नेपालले अन्य छिमेकी मुलुकमा नागरिकतासम्बन्धी व्यवस्था निकै जटिल र कडा भएको उल्लेख गर्दै नेपालमा भने- जसले जे चाह्यो त्यही अनुकूल सहज ढङ्गले नागरिकता प्राप्त गर्न सक्ने गरी संविधानमा उल्लेख गर्न पाउनुपर्छ भन्ने सवाललाई स्वीकार्न गर्न सकिँदैन',। 

संविधानका सफल कार्यान्वयनसँगै देशले प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्न तथा यसको कार्यान्वयन गराउन लाग्नुपर्नेमा वर्तमान सरकार यो वा त्यो बहाना बनाएर निर्वाचनको मिति तोक्नसमेत हिच्किचाइरहेको टिप्पणी गरे । 

उनले केही नेताहरुले मधेसको नाममा गरेको राजनीतिकै कारणले चुनाव हुन सक्दैन भन्ने भ्रम रहेको बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’