पुस २८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले आगामी जेठको दोस्रो हप्ताभित्रै चुनाव गर्नेगरि सरकारले द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले आगामी जेठको दोस्रो हप्ताभित्रै चुनाव गर्नेगरि सरकारले द"/>
२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दश दिनभित्रै चुनावको मिति घोषणा हुन्छ: खनाल

२०७३, २८ पुष बिहीबार ११:१३

पुस २८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले आगामी जेठको दोस्रो हप्ताभित्रै चुनाव गर्नेगरि सरकारले दश दिनभित्र चुनावको मिति घोषणा गर्ने खुलासा गरेका छन् ।

बिहीबार रिपोटर्सर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रधानमन्त्रीका सल्लाहकार खनालले यस्तो बताएका हुन् । उनले भने,‘आजको दश दिनभित्र हामी चुनावको मिति घोषणा गर्छौं, त्यसपछि संशोधन विद्येयकलाई पारित गरेर अघि बढ्छौं, राजनीतिक जटिलता संसदमा टेबुल भएको विद्येयक पारित भएपछिमात्रै हल हुन्छ ।’ 

उनले सकेसम्म जेठको पहिलो हप्ताभित्रै चुनाव गर्ने सरकारको तयारी रहेको स्पष्ट पारे। खनालले जेठसम्म स्थानीय तहको चुनाव भए मंसिरसम्म दुई वटा निकायको चुनाव एकचौटि गर्न सकिने समेत विश्वास दिलाए ।

उनले भने,‘सरकार संशोधन विद्येयक पारित गराएर मात्रै चुनावी प्रक्रियामा जान्छौं, सरकार अब छिट्टै निर्वाचनको मिति घोषणा गर्ने तयारीमा छ, अब सबै चुनावमा केन्द्रित हुनुपर्छ ।’ उनले स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदन सरकारले बुझिसकेको उल्लेख गर्दै प्रतिवेदनलाई लिएर केही झिनामसिना मतभेद भएपनि त्यसलाई दलीय सहमतिमा टुँगो लगाएर नयाँ पूर्नसंरचनासहित चुनावमा जानुपर्नेमा जोड दिए ।

सल्लाहकार खनालले संविधान कार्यान्वयन गर्ने सरकारको प्रमुख दायित्व रहेकोले त्यसको लागिपनि निर्धारित मितिभित्रै तीन वटै निकायको चुनाव गर्ने कुरामा सरकार लागिपरिरहेको बताए । उनले भने,‘आगामी ०७४ माघ ७ गतेभित्रै तीनवटै निकायको चुनाव गरेर मुलुकलाई अब आर्थिक समृद्धिको बाटोमा लैजानुपर्छ, सरकार अहिले त्यतातिर गम्भिर भएर लागिपरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी