मोहम्मद ईजहार शेष/माघ २, नवलपरासी । नेपाली कांग्रेसका संसदिय दलका नेता बिक्रम खनालले क्षेत्र नम्बर ५ को बिकासका लागि कुनै कसर बाकी नराख्ने दावी गर्नु भएको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/माघ २, नवलपरासी । नेपाली कांग्रेसका संसदिय दलका नेता बिक्रम खनालले क्षेत्र नम्बर ५ को बिकासका लागि कुनै कसर बाकी नराख्ने दावी गर्नु भएको छ"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

अब कालोपत्रेमा छिट्टै हिड्न पाउनु हुन्छ: खनाल

२ माघ २०७३, आईतवार १२:५८


मोहम्मद ईजहार शेष/माघ २, नवलपरासी । नेपाली कांग्रेसका संसदिय दलका नेता बिक्रम खनालले क्षेत्र नम्बर ५ को बिकासका लागि कुनै कसर बाकी नराख्ने दावी गर्नु भएको छ । 

हरपुर युवा सञ्जाल समितिको आयोजनामा आजवाट सुरु भएको खुल्ला क्रिकेट प्रतियोगिताको उद्धघाटन गर्दै नेता खनालले निर्वाचनको बेला आफुले भुतहांदेखि महेशपुर राजमार्ग जोडने बाटो कालोपत्रे गराउने बाचा गरेको र अहिले उक्त कार्य तिब्र रुपमा जारी रहेको बताउदै छिट्टै यस क्षेत्रका जनताले उक्त कालोपत्रे बाटो हिड्न पाउने बताउनु भयो ।

नवलपरासी क्षेत्र नम्बर ५ का सांसद समेत रहेका नेता खनालले प्रतियोगिताको उद्घाद्धन गर्दै समाजमा भएका बिकृतिको नियन्त्रण गर्न युवाहरुको ठुलो भुमिका रहेकाले सो तर्फ पनि युवाहरुको ध्यानाकर्षण हुन जरुरी रहेको बताउनु भयो । 

कार्यक्रममा सम्बोधन गर्दै नेता खनालले प्रतियोगिताको सम्पुर्ण पुरस्कार आफुले दिने घोषणा गरेपछि आयोजक समितिका युवाहरु हर्षित भएका छन् भने प्रतियोगिताको दर्ता सहयोग शुल्कवाट जुटेको रकम समाजिक क्षेत्रमा खर्च गर्ने बताएका  छन् । 

सांसद बिक्रम खनालको प्रमुख आतिथ्य तथा आयोजक समितिका अध्यक्ष जहांगिर अन्सारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्षेत्रिय सभापति दिनेशमणि पटेल , हरपुरका ईकाई सभापति नरेन्द्र यादव , पुर्व गाविस अध्यक्ष रामनगिना सिंह लगायतले प्रतियोगिताको सफलताका लागि शुभकामना ब्यक्त गर्नु भएको खेलका संयोजक रञ्जीत शर्माले जानकारी दिनुभयो । प्रतियोतिगितामा आज भएको खेलवाट हुसैनी क्रिकेट क्लब परसीयाले बिजयी यात्रा सुरु गरेको छ । 

परसीयाले अन्नपुर्ण मावि बुटवललाई हराउदै बिजयि बनेको हो । प्रतियोगितामा प्रथमलाई साईकल स्पोर्ट ड्रेस र द्धित्तियलाई स्पोर्ट ड्रेस सहित सम्पुर्ण खेलाडिलाई शिल्ड ,मेड र प्रमाणपत्र पुरस्कार राखिएको छ भने प्रतियोगितामा भारत र नेपालका गरि मात्र १८ टिमको सहभागिता रह्ने खेलका संयोजक रञ्जीत शर्माले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता