माघ ३, उर्लाबारी । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले अधिकतम सहमतिमा माघभित्रै स्थानीय तह निर्वाचनको मिति घोषणा हुने बताएका छन् ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ३, उर्लाबारी । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले अधिकतम सहमतिमा माघभित्रै स्थानीय तह निर्वाचनको मिति घोषणा हुने बताएका छन् ।
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माघभित्रै स्थानीय तह निर्वाचनको मिति घोषणा: मन्त्री जवेगु

३ माघ २०७३, सोमबार ०६:०७

माघ ३, उर्लाबारी । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले अधिकतम सहमतिमा माघभित्रै स्थानीय तह निर्वाचनको मिति घोषणा हुने बताएका छन् ।

मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घले आज बिहान आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राज्यमन्त्री जवेगुले संविधान संशोधन प्रस्ताव संसद्मा पेस भएसँगै अब मुलुक निर्वाचनतर्फ उन्मुख भएको बताए । 

देशमा राजनीतिक उपलब्धि हासिल भइसकेकाले अब देशलाई आर्थिक क्रान्तिमा लैजानुपर्ने उनले धारणा राखेका थिए । उर्लाबारी–मधुमल्ला हुँदै पाँचथरको रवीसम्म जोडिने सडकखण्ड निर्माणका लागि विशेष पहल गर्ने राज्यमन्त्री जवेगुले आश्वासन दिए । 

सो क्रममा उर्लाबारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष चन्द्रबहादुर भट्टराई (भरत)ले यस क्षेत्रमा रहेका उद्योगी तथा व्यापारीको समस्या राज्यमन्त्री जवेगुसमक्ष प्रस्तुत गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह