माघ ३, काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट हटाइएका सुशील ज्ञवालीले गैरकानुनी र बदनियतपूर्ण रुपमा आफूलाई हटाइएको जिकिर गर्दै पुनःब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ३, काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट हटाइएका सुशील ज्ञवालीले गैरकानुनी र बदनियतपूर्ण रुपमा आफूलाई हटाइएको जिकिर गर्दै पुनःब"/>
२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले बर्खास्त गरेका सिइओ ज्ञवालीद्वारा सर्वोच्चमा रिट

२०७३, ३ माघ सोमबार १३:१२

माघ ३, काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट हटाइएका सुशील ज्ञवालीले गैरकानुनी र बदनियतपूर्ण रुपमा आफूलाई हटाइएको जिकिर गर्दै पुनःबहालीको माग गरी आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रिपरिषद्, प्रधानमन्त्री र डा गोविन्दराज पोखरेललाई समेत विपक्षी बनाई दायर गरेको निवेदनमा आफूलाई हटाउने र डा पोखरेललाई नियुक्त गर्ने काम गैरकानुनी भएको जनाई अन्तरिम आदेशमार्फत बदर गर्न माग गर्दै निवेदन  दिएका हुन् । 

निवेदनमा भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी ऐन, २०७२ दफा ११ (३) मा पाँच वर्षको पदावधि हुने उल्लेख भएकाले प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने पत्रमा नै पाँच वर्षका लागि नियुक्त गरिएको तथा प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतको हैसियतले कानुनले तोकेको काम, कर्तव्य र अधिकारको पालना तथा प्रयोग गर्दै आएको जिकिर गरिएको छ । 

‘आफ्नो नेतृत्वमा प्राधिकरणले गरेका पुनःनिर्माणसम्बन्धी समन्वयात्मक कार्यको तथ्यपरक र विस्तृत रुपमा नै पहिलो र दोस्रो स्पष्टीकरणमा उल्लेख गरिसकेकामा र त्यसको कुनै अध्ययन विश्लेषण नै नगरी समन्वय गर्न नसकेको भनी डा पोखरेललाई नियुक्ति गर्ने विपक्षीको निर्णय आफ्नो कार्य सम्पादनसँगभन्दा पनि विपक्षीको पूर्वसहमति र योजनाको कार्यान्वयन मात्र भएको’ भन्ने कुरा निवेदनमा उल्लेख गरिएको छ । 

अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले ज्ञवालीलाई पाँच वर्षका लागि प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको थियो । गत पुस २७ गतेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई हटाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा डा पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको थियो । पुस १४ र २१ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार ज्ञवालीसँग दुई पटक स्पष्टीकरण सोधिएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी