ताराबहादुर महत/माघ ३, दोलखा । स्वास्थ्य मन्त्री गगन थापाले सरकारले सरकारी स्वास्थ्य संस्थामार्फत निःशुल्क वितरण गरीरहेको औषधि सकिएको २४ घण्टाभित्रै उपलब्ध ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ताराबहादुर महत/माघ ३, दोलखा । स्वास्थ्य मन्त्री गगन थापाले सरकारले सरकारी स्वास्थ्य संस्थामार्फत निःशुल्क वितरण गरीरहेको औषधि सकिएको २४ घण्टाभित्रै उपलब्ध ग"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘आर्थिक अभावकै कारण अब कसैले ज्यान गुमाउन पर्दैन’

२०७३, ३ माघ सोमबार १३:३३


ताराबहादुर महत/माघ ३, दोलखा । स्वास्थ्य मन्त्री गगन थापाले सरकारले सरकारी स्वास्थ्य संस्थामार्फत निःशुल्क वितरण गरीरहेको औषधि सकिएको २४ घण्टाभित्रै उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

नेपाली काङ्गे्रस निकट नेपाल साँस्कृतिक संघ, दोलखाको दोश्रो जिल्ला अधिवेशनलाई आज चरिकोटमा सम्बोधन गर्दै मन्त्री थापाले औषधि सकिएको जानकारी पाए लगत्तै औषधि पठाउने र औषधि नभएमा खरिदका लागि पैसा उपलब्ध गराउने बताएका हुन् । 

कुनै पनि नेपालीले आर्थिक अभावकै कारण आफूलाई लागेको रोगका कारणले ज्यान गुमाउन नपरोस भनेर स्वास्थ्य  विमा सम्बन्धिको विधयेक माघ १५ भित्र संसदमा पेश गर्ने तयारी भईरहेको उनको भनाई थियो । 

त्यसैगरी उनले दोलखा सदरमुकाम चरिकोटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई आफ्नै कार्यकालमा ५० शैयाको अस्पताल बनाउने प्रतिबद्धता समेत  जनाएका छन । अर्को प्रसङ्गमा मन्त्री थापाले संसदमा दर्ता भएको संविधान संशोधन र निर्वाचन सम्बन्धि विधयेक आगामी संसद बैठकबाट पारित हुने र आगामी जेठ मसान्तसम्म स्थानिय निकायको निर्वाचन भएरै छाड्ने दाबी गरेका छन । 

नेपाल साँस्कृतिक संघ, दोलखाका अध्यक्ष सुवास शिवाकोटीको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहमा काङ्ग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्का, नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्ले, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै