ताराबहादुर महत/माघ ३, दोलखा । स्वास्थ्य मन्त्री गगन थापाले सरकारले सरकारी स्वास्थ्य संस्थामार्फत निःशुल्क वितरण गरीरहेको औषधि सकिएको २४ घण्टाभित्रै उपलब्ध ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ताराबहादुर महत/माघ ३, दोलखा । स्वास्थ्य मन्त्री गगन थापाले सरकारले सरकारी स्वास्थ्य संस्थामार्फत निःशुल्क वितरण गरीरहेको औषधि सकिएको २४ घण्टाभित्रै उपलब्ध ग"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘आर्थिक अभावकै कारण अब कसैले ज्यान गुमाउन पर्दैन’

३ माघ २०७३, सोमबार १३:३३


ताराबहादुर महत/माघ ३, दोलखा । स्वास्थ्य मन्त्री गगन थापाले सरकारले सरकारी स्वास्थ्य संस्थामार्फत निःशुल्क वितरण गरीरहेको औषधि सकिएको २४ घण्टाभित्रै उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

नेपाली काङ्गे्रस निकट नेपाल साँस्कृतिक संघ, दोलखाको दोश्रो जिल्ला अधिवेशनलाई आज चरिकोटमा सम्बोधन गर्दै मन्त्री थापाले औषधि सकिएको जानकारी पाए लगत्तै औषधि पठाउने र औषधि नभएमा खरिदका लागि पैसा उपलब्ध गराउने बताएका हुन् । 

कुनै पनि नेपालीले आर्थिक अभावकै कारण आफूलाई लागेको रोगका कारणले ज्यान गुमाउन नपरोस भनेर स्वास्थ्य  विमा सम्बन्धिको विधयेक माघ १५ भित्र संसदमा पेश गर्ने तयारी भईरहेको उनको भनाई थियो । 

त्यसैगरी उनले दोलखा सदरमुकाम चरिकोटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई आफ्नै कार्यकालमा ५० शैयाको अस्पताल बनाउने प्रतिबद्धता समेत  जनाएका छन । अर्को प्रसङ्गमा मन्त्री थापाले संसदमा दर्ता भएको संविधान संशोधन र निर्वाचन सम्बन्धि विधयेक आगामी संसद बैठकबाट पारित हुने र आगामी जेठ मसान्तसम्म स्थानिय निकायको निर्वाचन भएरै छाड्ने दाबी गरेका छन । 

नेपाल साँस्कृतिक संघ, दोलखाका अध्यक्ष सुवास शिवाकोटीको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहमा काङ्ग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्का, नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्ले, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता