माघ ४, नेपालगन्ज । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले संविधानले व्यवस्था गरेको समयभित्र स्थानीय, प्रादेशिक र केन्द्रीय तहको निर्वाचन हुने बताएका छन् ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, नेपालगन्ज । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले संविधानले व्यवस्था गरेको समयभित्र स्थानीय, प्रादेशिक र केन्द्रीय तहको निर्वाचन हुने बताएका छन् ।&"/>
६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतभेदले लोकतन्त्रलाई अझ परिष्कृत गर्छ: सञ्चारमन्त्री

४ माघ २०७३, मंगलवार ०८:५७

माघ ४, नेपालगन्ज । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले संविधानले व्यवस्था गरेको समयभित्र स्थानीय, प्रादेशिक र केन्द्रीय तहको निर्वाचन हुने बताएका छन् । 

प्रेस सेन्टर बाँकेद्वारा मंगलबार नेपालगन्ज विमानस्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने– “निर्वाचनका लागि सबै दल तयारी अवस्थामा रहेकाले निर्वाचन हुँदैन कि भनेर प्रश्न उठाउनु सान्दर्भिक छैन ।” 

संविधान संशोधन प्रस्तावको प्रक्रिया छुट्टै विषय भएकाले यसले निर्वाचनलाई प्रभावित नपार्ने बताउँदै मन्त्री कार्कीले समग्र राजनीतिक विषयलाई सम्बोधन हुने गरी दलहरुसँग छलफल गरेर सरकारले सहमतिको बाटो तय गर्ने स्पष्ट पारे । 

उनले भने- “पक्ष र विपक्ष लोकतन्त्रको सुन्दर गहना हो, यदि मतभेद नभए भने मात्र डराउनुपर्छ, मतभेदले लोकतन्त्रलाई अझ परिष्कृत गर्छ र बलियो बनाउँछ ।” पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनले संविधान संशोधन प्रस्ताव सहमतिकै आधारमा पारित गरिने हरसम्भव प्रयास गरिने बताउँदै यदि सहमति हुन सकेन भने लोकतान्त्रिक पद्धतिको प्रक्रियाबाट छिनोफानो बताए । 

मन्त्री कार्कीले लामो समयदेखि बन्द नेपाल टेलिभिजनको क्षेत्रीय प्रसारण केन्द्र सञ्चालनका लागि छिट्टै कर्मचारी र आवश्यक उपकरण पठाउन गृहकार्य भइरहेको जानकारी दिए । 

मन्त्री कार्कीले आजै नेपालगन्जस्थित राष्ट्रिय समाचार समिति क्षेत्रीय कार्यालय, नेपाल टेलिकम क्षेत्रीय कार्यालय र जिल्ला हुलाक कार्यालयको निरीक्षण गरे । 

मन्त्री कार्कीलाई राससका क्षेत्रीय प्रमुख नीरज गौतम, टेलिकमका क्षत्रीय प्रमुख इन्दल यादव र हुलाक कार्यालयका प्रमुख पुष्पराज श्रेष्ठले कार्यालयद्वारा सञ्चालित गतिविधि, भौतिक पूर्वाधारको अवस्था र सेवा प्रवाहका विषयमा जानकारी गराएक थिए । 

सूचना तथा सञ्चार मन्त्रालय नीति योजना अनुगमन तथा मूल्याङ्कन शाखाको पहलमा मन्त्री कार्कीको नेतृत्वमा भएको सो निरीक्षण टोलीमा मूल्याङ्कन शाखा प्रमुख रुद्रादेवी शर्मा र राससका महाप्रबन्धक निर्मला आचार्यको पनि सहभागिता रहेको छ । 

त्यस अवसरमा मन्त्री कार्कीले सम्बद्ध कार्यालय प्रमुख तथा कर्मचारीलाई निर्देशन दिँदै सेवाको गुणस्तर वृद्धि तथा कार्यालयको भौतिक पूर्वाधार निर्माणमा पर्याप्त ध्यान दिनुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या