माघ ४, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले माघ १५ गतेभित्रै निर्वाचन आयोगलाई ऐन/कानूनहरु दिएमात्रै जेठको पहिलो हप्ता स्थानीय तहको निर्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ४, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले माघ १५ गतेभित्रै निर्वाचन आयोगलाई ऐन/कानूनहरु दिएमात्रै जेठको पहिलो हप्ता स्थानीय तहको निर्व"/>

२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब चैत्रमा चुनावमा हुन सक्दैन्: प्रमुख आयुक्त

२०७३, ४ माघ मंगलवार ०९:०६


माघ ४, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले माघ १५ गतेभित्रै निर्वाचन आयोगलाई ऐन/कानूनहरु दिएमात्रै जेठको पहिलो हप्ता स्थानीय तहको निर्वाचन गर्न सकिने बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त डा. यादवले यस्तो बताएका हुन् । उनले भने,‘अहिले स्थानीय तहको निर्वाचनको बारेमा कसैले चैत्रमा चुनाव हुने भनेका छन्, कसैले बैशाखमा भनेका छन्, त कसैले जेठमा गर्ने कुराहरु आईरहेका छन्, आयोग अचम्मित बनेको छ ।’’

उनले अब चैत्रमा चुनाव हुन नसक्ने दाबी गरे। उनले थपे,‘अब चैत्रमा चुनावमा हुन सक्दैन्, बैशाख २८/२९ गते निर्वाचन सुरु गर्ने हो भने जेठको पहिलो हप्तासम्म निर्वाचन सम्पन्न गर्न सकिन्छ ।’ उनले आयोगले अहिले पूरानै ऐन तथा कानूनहरु अनुसार काम गरिरहेको समेत जनाए ।

प्रमुख आयुक्त डा. यादवले स्थानीय निर्वाचन चरणबद्ध रुपमा गर्नुपर्ने समेत बताए । उनले भने,‘स्थानीय निर्वाचन चरणबद्ध रुपमा गर्नुपर्छ, दुई वा तीन चरणमा गर्नुपर्छ, त्यसको लागि सूरक्षा निकायहरुसँग समन्वय गर्नुपर्छ ।’ उनले दलीय सहमति वा रानीतिक समझदारी भए प्रतिनिधि सभाको निर्वाचनपनि गर्न आयोग तयार रहेको स्पष्ट पारे ।

डा. यादवले भने,‘निर्वाचन क्षेत्र निर्धारण आयोग गठन हुनुपर्छ, आयोगले प्रतिवेदन दियो भने र १६५ वटै निर्वाचन क्षेत्र निर्धारण भएर अघि बढियो भने आयोगलाई आपत्ति छैन् ।’ उनले पहिले प्रदेश वा प्रतिनिधि सभाको निर्वाचन गर्ने हो भने पनि संभव रहेको बताए। दुवै निकायको चुनाव एकैचोटि गर्न संभव भएपनि प्राविधिक रुपमा समस्या हुने उनको भनाई थियो ।

यादवले विस २०७० सालको संविधान सभाको निर्वाचनपछि बनेको पहिलो सरकारको प्राथमिकता छ महिनाभित्र स्थानीय निकायको निर्वाचनको गराउने थियो त्यो हुन नसक्नु दुःखद भएको टिप्पणी गरे ।

उनले निर्वाचनका लागि मतदाता नामावली, मतदाता परिचय पत्र वितरण, मतपत्र, मतदान स्थल, मतदान, मतपरिणाम, मतपेटिका, मसलदन्द, मानव संशाधन आवश्यक रहेकाले यसको गृहकार्यमा आयोग जुटेको बताए। उनले भने,“सरकारले निर्वाचनको बाटो बनाए हामी अहोरात्र खटेर काम गर्न तयार छौँ, हामीले तीन चार दिन अलि बढी नै खट्दा हुन्छ भने हामी तयार छौं ।’

आगामी ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको निर्वाचन गर्न सम्भव छ त भन्ने पत्रकारको प्रश्नमा डा. यादवले भने,‘ईच्छाशक्ति भए सम्भव छ नि, किन नहुनु ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी