दलसिंह गिरी/माघ ४, कालिकोट । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश नं. ६ का इन्चार्ज शक्ति बस्नेतले अहिले नेपालमा लागु भएको संघिय गणतान्त्रिक युग नै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी/माघ ४, कालिकोट । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश नं. ६ का इन्चार्ज शक्ति बस्नेतले अहिले नेपालमा लागु भएको संघिय गणतान्त्रिक युग नै"/>
२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संघिय गणतान्त्रिक युग नै माओवादीको युग हो: बस्नेत

२०७३, ४ माघ मंगलवार १२:१९

दलसिंह गिरी/माघ ४, कालिकोट । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश नं. ६ का इन्चार्ज शक्ति बस्नेतले अहिले नेपालमा लागु भएको संघिय गणतान्त्रिक युग नै माओवादीको युग रहेको दाबी गर्नु भएको छ । 

नेपालको बिगतको रानैतिक घटनाक्रमलाई कोट्याउदै बस्नेतले राणाकालमा राणाको युग, पंञ्यायतकालमा राजाको युग, भए झै बहुदलमा कुनै दलको युगहुन नसकेपनि २०६२।६३ को जनआन्दोलन पछि जनताले प्राप्त गरेको गणतान्त्रिक युग नै माओवादीको युग रहेको बताउनु भएको छ ।

नेकपा माओवादी केन्द्रको गाउ, नगर, घर जाऔं भन्ने नारा सहितको पार्टी जागरण अभियानको शिलशिलामा कालिकोट पुग्नु भएका पूर्व गृहमन्त्री बस्नेतले आज रेडियो नेपाली आवाजको समयसन्दर्भ रेडियो सम्बाद कार्यक्रममा बोल्दै यति बेलाको लोकतान्त्रिक गणतन्त्रमा माओवादीले उठाएको संघियता, धर्मनिरपेक्षता, गणतन्त्र, समानुपातिक समाबेशीकरण, सामाजिक न्याए जस्ता एजेण्डाहरु समाबेश भएकाले यो युग केवल माओवादीको युग रहेको जिकिर गर्नु भएको हो ।

संबिधानसभाको जननी नै माओवादी रहेको बताउने नेता बस्नेतले विगतमा देशलाई १० बर्षे मिशन गृहयुद्धमा धकेल्ने मुख्य योजनाकार उतिबेलाका नेकपा एमाले र नेपाली कांग्रेस रहेको समेत आरोप लगाउनु भएको छ । उतिबेलै माओवादीले अगाडी सारेको संबिधानसभाको प्रक्रिया यि ठूलो २ दलले मानेको भए देशमा १५ हजार बढी नेपाली सहिद हुनु पर्ने थिएन र देश २० औं सताब्दी तिर धकेलीने थिएन भन्दै यसको शेयर एमाले र कांग्रेसले लिनु पर्ने आरोप लगाउनु भएको छ ।

एक फरक प्रशंगमा वहाले आफु गृहमन्त्री रहदा र नरहदाको बोलाई र काम गराई फरक पर्ने बताउदै आफु पदमा रहदा आफुले बोलेका कुरा पुरा हुन नसकेको स्वीकार गर्नु भएको छ । आफु गृहमन्त्री भएको बेला कालिकोट आउदा कालिकोटवासीका निम्ती जुन प्रतिवद्धता गरेको थिए त्यो कायान्वयन गर्न नपाउदै देशकाल परिस्थीति अनुसार आफु सरकारबाट बाहिरीन बाध्य भएको बताउनु भयो ।

कर्नालीमा आउदा कर्नालीको गुणगान गाउने जुनसुकै पार्टीका सिर्षर्थ नेताहरुको परिपाटीलाई दोहोर्याउदै नेता बस्नेतले देशको राजनैतिक रुपान्त्रणको लागि कर्नालीले गरेको योगदान इतिहासको स्वण अक्षरले लेखिएको बताउनु भयो । यस्तै सुनको सिरानी राखेर नुनको खोजीमा भौतारिन विवस कर्नालीवासी भन्ने बाक्य उच्चारण गर्दै बस्नेतले अबको कर्नाली प्रदेशले यसको शल्यक्रिया गर्ने बताउनु भएको छ । 

यसका लागि दक्षिण यशियाकै मानिसहरुको समेत ओहोर दोहोर गर्ने प्रमुख नाका कर्नाली रहेकाले यसको विकासका लागि राज्यले विशेष रणनैतिक योजना अगाडी बढाउनु पर्ने बताउनु भएको छ । 

यसका लागि आफ्नो पहिलो प्रयास हुम्ला–कर्नाली राजमार्गको खुलालु हिल्सा सडक खण्ड जोड्ने कर्नालीको मुल द्धारको रुपमा रहेको पक्कीपुल निर्माण अवस्था बुझि तत्काल ३ महिना भित्र केही प्रतिफल आउने गरी पहल अगाडी बढाउने प्रतिवद्धता समेत ब्यक्त गर्नु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी