२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधनमा समर्थन गर्ने कबुल गरेको छैन: मन्त्री खड्का

२०७३, ७ माघ शुक्रबार ०९:३१

माघ ७, काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खड्काले पनि आफू संविधान संशोधन गर्छु भनेर कबुल गरेर मन्त्री नबनेको स्पष्ट पारेका छन् । 

शुक्रबार काठमाडौँमा भएको साक्षात्कार कार्यक्रममा नवनियुक्त मन्त्री खड्काले सो कुरा वताएका हुन् । 

उनले भने,‘प्रधानमन्त्रीले मलाई केही भन्नुभएको पनि छैन, मैलेपनि मलाई मन्त्री बनाईदिनुपर्यो भनेर कसैसँग भनेको छैन, संशोधन प्रस्ताव पारित गराउनको लागि हामीलाई मन्त्री बनाईएको हो भनेर यहाँ अनुमानका वायुपँखी उडाउने काम भयो, अब अनुमानको कुरा गर्नेसँग मेरो भन्नु केही पनि छैन् ।’

मन्त्री खड्काले संविधान संशोधन गर्नुपर्छ भनेर आफूले पहिलेदेखि नै आवाज उठाउँदै आएको र संविधानका धेरै बुँदाहरुमा आफूले संशोधन हालेको उल्लेख गर्दै भने,‘यो संविधानमा सबैभन्दा धेरै संशोधन हाल्ने भनेको मै हुँ, संविधान संशोधन गर्नुपर्छ भनेर मैले अधिकांश बुँदाहरु संशोधन प्रस्ताव हालेको छु, मैले हिमाल, पहाड र मधेशलाई जोड्नुपर्छ भन्दा मेरो विरुद्धमा बोल्दा म कानको डाक्टरसँग जानुपर्यो ।’

उनले संविधान कार्यान्वयन लगायत अन्य कुरामा पनि अहिलेको संसदीय संरचना अनुसार प्रमुख दलहरु मिलेर जानुको विकल्प नभएको बताए। उनले भने,‘प्रमुख दलहरु एकताबद्ध हुनुपर्छ, धु्रविकरण भएर अघि बढ्दा समस्याको समाधान हुन सक्दैन् ।’

उनले आफूले नेतृत्व गरेको मन्त्रालय विकासका परियोजनासँग नजोडिएको भएपनि जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएकोले पनि महत्वपूर्ण भएको उल्लेख गर्दै भने,‘८० प्रतिशत जनताको दायित्व बोकेको मन्त्रालय हो, समय कम छ, तर म काम गर्न तयार छु ।’ उनले आफ्नो लागि समय कम भएपनि यो विचमा धेरै महत्वपूर्ण काम गर्न सक्छु भन्ने आत्मविश्वास रहेको समेत बताए ।

मन्त्री खड्काले महिला हिंसा लगायतका घट्नाहरु नेपालमा धेरै भएकोले यसको लागि तत्काल उद्धार टिम निर्माण, जेष्ठ नागरिकहरुलाई समय व्यतित गर्नको लागि प्रत्येक टोलमा एक केन्द्र गठन गर्ने, सडक बालबालिकाहरुको लागि काम गर्ने लगायतका आफ्ना योजनाहरु रहेको र यसमा केही राम्रो काम प्रारम्भ गर्नसकेमात्रैपनि ठूलो उपलब्धि हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु