माघ ७, नवलपरासी । नेकपा क्रान्तिकारी माओवादीले नवलपरासीले वडो उत्साहका साथ  माघ ५ गते देखि चैत्र २४ सम्मको कार्ययोजना शुरुवात गरेको छ । 

तीनमहिने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ७, नवलपरासी । नेकपा क्रान्तिकारी माओवादीले नवलपरासीले वडो उत्साहका साथ  माघ ५ गते देखि चैत्र २४ सम्मको कार्ययोजना शुरुवात गरेको छ । 

तीनमहिने"/>

२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

यस्तो छ क्रान्तिकारी माओवादी नवलपरासीको तीन महिने योजना

२०७३, ७ माघ शुक्रबार १६:११

माघ ७, नवलपरासी । नेकपा क्रान्तिकारी माओवादीले नवलपरासीले वडो उत्साहका साथ  माघ ५ गते देखि चैत्र २४ सम्मको कार्ययोजना शुरुवात गरेको छ । 

तीनमहिने संगठन बिस्तार सुदृढीकरण तथा जनपरिचालन अभियान नाम दिइएको सो अभियानको कार्यतालिका  समेत बनाइएको छ । प्रचार समितिलाई दिइएको अभियान निर्देशिका निम्नानुसार रहेको छ ।

आन्तरिक रुपमा बनाइएको सो कार्यतालिका कार्यान्वयन गरी जिल्लामा क्रान्तिकारीले संगठन सुदृढ गर्दैछ । एमाओवादीमा छदांबाटै बैद्यको पकड रहेको मानिने जिल्ला भएकोले नवलपरासीको अभियानलाई बिशेष रुपमा हेरिएकोछ । 

अभियान निर्देशिका लिएर क्रान्तिकारी माओवादीका नेता कार्यकर्ता गाउ गाउमा पुग्न थालेका छन् । पार्टीका बैठक भेलाहरु बाक्लिएका छन् । दिनहु जसो क्रान्तिकारी माओवादीका कार्यक्रमहरु सार्वजनिक भएका छन् ।

बैद्य माओवादीको बैद्यानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाले समेत बिभिन्न पार्टीका नेता कार्यकर्ता आर्कषित गर्दै आएका छ भने बुद्धिजिवीहरु समेत यस मोर्चामा आबद्ध हुने क्रम बढदो छ । अभियान निर्देशिकामा  जिल्ला ईञ्चार्ज अनूकुल र सेके्रटरी संकल्पको हस्ताक्षर रहेको छ । 

 १) २०७३ माघ ६ गतेबाट १३ गतेसम्म पार्टी सदस्यता नविकरण, नयां सदस्यता आवेदन, ईलाका गाउ तथा नगर कमिटी गठन पुर्नगठन र बैठक समेत सम्पन्न गर्ने ।

२) २०७३ माघ १४,१५ र १६ गते मोटरसाइकल ¥यालीमा सहभागी हुने ।

३) २०७३ माघ १७ देखि १९ गते सम्म बिशेष आर्थिक अभियानमा एकल तथा टिमबद्ध रुपमा ब्यापकतामा जाने, संगसगै भित्तेलेखन र ब्यानर टांग्ने ।

४) फागुन १ गते जिल्लाले केन्द्रीकृत रुपमा जनयुद्ध दिवस मनाउने ।

५) फागुन २ देखि १३ गते सम्म सदस्यता वितरण नवीकरण  स्थानीय कमिटी सेल गठन/पुर्नगठन र बैठक एंव प्रशिक्षण सम्पन्न गर्ने ।

६) फागुन १४ अगावै सहिद बेपत्ता परिवार भेटघाट छलफल एंव अन्तरक्रिया गर्ने ।

७) फागुन २२ देखि ३० गते सम्म दे.ज.मो. ज.व.स. मोर्चा संगठनका जिल्ला बैठक सम्पन्न गरी इलाका कमिटी गठन पुर्नगठन गर्ने ।

८) इलाका पार्टीले इलाका अन्तरगत क्रियाशिल डिसिएम, एसिएम नगर गाउ र सेल सदस्यको लगत संकलन अध्याबधि गर्ने

९) २०७३ चैत्र १ देखि ४ सम्म स्थानीयस्तरमा कोणसभा पिढीसभा सम्पन्न गर्ने,

१०) चैत्र ५ मा बुटवलको जनसभामा सहभागी हुने ।

११) चैत्र ६ बाट २३ सम्म जिल्ला ब्यापी कोणसभा भित्तेलेखन छलफल अन्तरक्रिया लगायत कार्यक्रम सम्पन्न गर्ने ।

१२) चैत्र २४ गते केन्द्रीकृत रुपमा  जिल्लामा जनसभा गर्ने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी