४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

‘बैतडीमा सांसदले मनपरि ढङ्गले योजना छनोट गरे’

८ माघ २०७३, शनिबार ०७:१७

माघ ८, बैतडी । बैतडीमा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतका योजना निर्देशिका विपरीत छनोट गरिएका छन् ।

सांसदले आफ्नै गोजीबाट कार्यकर्ता पाल्ने हिसाबले योजना छनोट गरेको स्थानीय बासिन्दाले आरोप समेत लगाएका छन् । “गत वर्षहरु जस्तै यो वर्ष पनि माननीयले आफ्ना कार्यकर्ता पोस्ने हिसाबले योजना छनोट गरेको पाटनका कपिल केसीले बताए।

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदले रु तीन करोडका योजना छनोट गर्ने र निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत प्रत्यक्ष निर्वाचित र समानुपातिकतर्फका सांसदले ५० लाख रुपैयाँ बराबरका योजना छनोट गर्नसक्ने प्रावधान रहिआएको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रम कार्यान्वयनका लागि निर्देशिका भएपनि सो निर्देशिका अनुसार सांसदले योजना छनोट गर्न नमान्ने गरेको जिल्ला विकास समितिका कर्मचारीले बताएका छन् । निर्देशिका अनुसार तीन करोडका योजनामा कम्तीमा ४० लाखको एक योजना हुनुपर्ने र अन्य योजना १० लाखका हुनुपर्ने हुन्छ ।

यस्तै, योजना बढीमा २५ वटा हुनुपर्ने हुन्छ । निर्वाचन क्षेत्र विकास कार्यक्रममा योजनाको सङ्ख्या २० हुनुपर्ने, एउटा योजना कम्तीमा लाख र अन्य योजना एक लाख रुपैयाँभन्दा कमका हुन नहुने प्रावधान रहेको जिल्ला विकास समिति, बैतडीका कार्यक्रम अधिकृत अम्बादत्त अवस्थीले बताए। तर निर्देशिकामा त्यसो भए पनि सांसदले छनोट गरेको योजनामा निर्देशिका विपरीत योजना आएका उनले बताए।

बैतडीमा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रममा दुवैमा सांसदले योजना छनोट गर्दा निर्देशिका लत्याएको पाइएको छ।

योजनाको सङ्ख्या निर्देशिका अनुसार भएपनि त्योभित्र धेरै ठाउँका मन्दिर, विद्यालय, सडकलगायतलाई बजेट छुट्याएर योजना छनोट गरेको छ। जिल्ला विकास समितिले सार्वजनिक गरेका निर्वाचन क्षेत्र विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमका योजनामा धेरै विद्यालयलाई एकै योजनामा समेटेर बजेट छुट्याएको छ।

योजना कार्यान्वयन गर्दा एकै योजनाबाट धेरै विद्यालयका बजेट दिनुपर्ने हुन्छ । यस्तै, मन्दिरका योजनामा धेरै गाविसका योजनालाई एकै योजना समेटेर निर्देशिका छलेको पाइएको छ।

यस्तै, सांसदले योजना छनोट गर्दा गाउँपरिषद्, इलाका परिषद्, जिल्ला परिषद्ले पारित गरेको योजनालाई प्राथमिकता दिनुपर्ने भए पनि धेरैजसो योजना नेताले मनलाग्दी हिसाबले छनोट गरेका छन्।

बैतडीमा प्रत्यक्ष निर्वाचित सांसदका निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत छ करोड र निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत अढाइ करोड गरी साढे आठ करोड रुपैयाँका योजना छनोट गरिएका छन्।

बैतडी क्षेत्र नं १ मा निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत चालु आवमा सांसद आरजु राणा देउवाले ५० लाख छुट्याएकाले ५० लाख थप बजेट आएको हो। रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता