माघ ८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले सुन पछिल्लो समय तस्करीमा गृह र अर्थमन्त्रालयको संलग्नता रह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले सुन पछिल्लो समय तस्करीमा गृह र अर्थमन्त्रालयको संलग्नता रह"/>
६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सुन तस्करीमा गृह र अर्थमन्त्रालयको संलग्नता छ’

८ माघ २०७३, शनिबार ०९:५९

माघ ८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले सुन पछिल्लो समय तस्करीमा गृह र अर्थमन्त्रालयको संलग्नता रहेको आरोप लगाएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘यो सानो तिनो माछाको काम नै होईन, तस्करीमा स्वयम गृह र अर्थमन्त्रालयको संलग्नता रहेको छ, अरुबाठ यो काम हुनै सक्दैन् ।’

नेता महासेठले सुन तस्करीबारे छानविन गर्नको लागि सरकारले स्वतन्त्र छानविन आयोग गठन गर्नुपर्ने समेत माँग गरे । उनले भने,‘प्रचण्डजीले आफ्नो क्रान्तिकारी छवि बचाउनको लागि पनि सुनकाण्डबारे छानविन गर्न सर्वोच्च अदालतका रिटार्यड न्यायधीश वा स्वतन्त्र मानवअधिकारकर्मीको नेतृत्वमा आयोग गठन गर्नुपर्छ, अहिले गृहमन्त्रालयमार्फत भैरहेको छानविन नाटकमात्रै हो, यसले केही काम गर्न सक्दैन् ।’

उनले संविधान संशोधन विद्येयक कुनै हालतपनि पनि पारित नहुने ठोकुवा गरे । उनले भने,‘स्वतन्त्र सांसदहरुसहित काँग्रेस, माओवादी केन्द्र, गच्छदारजी र कमल थापाको पार्टी जम्मा हुँदापनि यो प्रस्ताव पास हुन संभव छैन् ।’ यद्धपी उनले कमल थापा नेतृत्वको राप्रपाभित्रपनि राष्ट्र र राष्ट्रियताको पक्षमा ठूलो विवाद रहेको रहेको समेत स्पष्ट पारे ।

उनले संविधान संशोधन विद्येयकको पक्षमा ३ सय ९८ पुग्ने संभावना नभएको जिकिर गरे । उनले अघि थपे,‘अब जसरीपनि पुर्याउनको लागि त कि एमाले पार्टीलाई विभाजन गर्नुपर्यो, यो त संभावना नै छैन, सिपी मैनालीजी, चित्रबहादुरजी र नारायणमान विजुक्छेजीलाई उता लानुपर्यो, त्यो पनि संभव छैन ।’ उनले वर्तमान सरकारले नै संशोधन प्रस्ताव पारित हुने संभावना नभएको स्विकार गरिरसकेको समेत आरोप लगाए ।

उनले भने,‘उहाँहरुले संशोधन प्रस्ताव टेबुल गर्यौं, हाम्रो जीत भो भन्दैहुनुहुन्छ, प्रधानमन्त्री प्रचण्डजीको अन्र्तआत्मापनि यो कुरा महशुस भएको छ, अब सोचमा परिवर्तन गर्नुपर्छ।’ उनले अहिले चुनावको विकल्प नरहेको भन्दै दल चुनावको लागि केन्द्रित हुनुपर्नेमा जोड दिए ।

नेता महासेठले एमाले पार्टीको लोकप्रियता देखेर काँग्रेसको नेतृत्वमा अहिले एमालेविरुद्ध मोर्चाबन्दी बनाउने काम भैरहेको समेत अरोप लगाए । उनले अघि भने,‘एक्ला एक्लै दल चुनावमा गए भने एमालेले बहुमत ल्याउँछ भन्ने उनीहरुलाई लागेको छ, त्यसैले बाहिरी शक्तिको ईशारामा एमाले भर्सेस काँग्रेस–माओवादी केन्द्रको गठबन्धन बनाउने काम भैरहेको छ ।’

उनले अहिलेको सरकार एमालेको जनतामा लोकप्रियता देखेर स्थानीय चुनाव नगरीकन एकैचोटि संसदको चुनाव गर्ने खेलमा लागेको समेत आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा