माघ ८, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले सदनमा टेबुल गरिएको संविधान संशोधन विद्येयकलाई कोमामा राखेर तत्काल स्थानी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ८, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले सदनमा टेबुल गरिएको संविधान संशोधन विद्येयकलाई कोमामा राखेर तत्काल स्थानी"/>
३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधन प्रस्ताव कोमा गईसक्यो: रायमाझी

८ माघ २०७३, शनिबार १०:०७

माघ ८, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले सदनमा टेबुल गरिएको संविधान संशोधन विद्येयकलाई कोमामा राखेर तत्काल स्थानीय तहको निर्वाचन घोषणा गर्नुको विकल्प नभएको बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उपनेता रायमाझीले भने,‘सदनमा टेबुल गरिएको संविधान संशोधन विद्येयक फिर्ता लिने हो वा पेण्डिङ्मा राख्ने हो, त्यो सरकारको कुरा हो, तर संशोधनलाई छाडेर तत्काल स्थानीय तहको निर्वाचनमा जानुपर्छ, र संविधान कार्यान्वयनमा जुट्नुपर्छ ।’

नेता रायमाझीले संविधान कार्यान्वयन नभए मुलुक पश्चगमन र प्रतिगामी दिशातर्फ जाने खतरा समेत औंल्याए। उनले भने,‘म संविधान संशोधनको विपक्षमा छैन, तर संशोधनमा राष्ट्रिय सहमति चाहिन्छ, राष्ट्रिय सहमति भयो भनेमात्रै उत्तम हुन्छ, नत्र यसले देशलाई फाईदा गर्दैन् ।’

पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले ५ नम्बर प्रदेश विभाजन गर्नेगरि आएको संविधान संशोधन प्रस्ताव राष्ट्रको हितमा नभएको जिकिर दोहोर्याउँदै भने,‘अब संशोधनको कुरामा नअल्झिकन चुनावमा जानु नै उत्तम हुन्छ, जेठभित्रै स्थानीय तहको निर्वाचन गरेर जानुपर्छ, अब मधेशी मोर्चालेपनि सरकारले संशोधन गर्ने कोशिस गर्यो, तर संभव भएन भन्ने कुरा मनन गरेर आफ्ना एजेण्डासहित चुनावमा जानुपर्छ ।’

उनले संशोधन विद्येयक फेल भएपछि निन्याउरो मुख लगाएर जानुभन्दा आफ्नो एजेण्डासहित चुनावमा जाँदा नै उत्तम हुने तर्क गरे । नेता रायमाझीले चुनावको वातावरण बनाउनुपर्ने र निर्वाचनसम्बन्धी विधेयकहरु तिव्र गतिमा पारित गर्दै अघि बढ्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ