माघ ९, पोखरा । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेको संविधान संशोधनको प्रस्ताव राष्ट्रहित विपरीत भएको बताएका छन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ९, पोखरा । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेको संविधान संशोधनको प्रस्ताव राष्ट्रहित विपरीत भएको बताएका छन् । "/>
२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधनको प्रस्ताव राष्ट्रहित विपरीत छ: ओली

२०७३, ९ माघ आईतवार १२:०४

माघ ९, पोखरा । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेको संविधान संशोधनको प्रस्ताव राष्ट्रहित विपरीत भएको बताएका छन् । 

नेकपा (एमाले) केन्द्रीय मोर्चा सङ्गठनको आयोजनामा आजदेखि पोखरामा सुरु तीनदिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले संविधान संशोधनका लागि सारिएका चारवटै बुँदा राष्ट्र एवम् जनताका लागि आवश्यक नभएको बताए । 

पहाड एवम् तराईलाई छुट्याउने, राष्ट्रिय एकता एवम् राष्ट्रिय अखण्डतालाई कमजोर बनाउने षड्यन्त्र भइरहेको बताउँदै उनले त्यसबाट देशलाई जोगाउन एमाले सक्रियताका साथ लागेको धारणा राखे । 

संविधानको कार्यान्वयनका लागि देशमा निर्वाचन हुनुपर्ने भए पनि वर्तमान सरकारले यस विषयलाई आफ्नो प्राथमिकतामा नराखी अन्य कुरामा अल्मलिएको अध्यक्ष ओलीको भनाइ थियो । 

देशका विद्यमान चुनौतीलाई पार लगाउने शक्ति एमालेमा रहेको उल्लेख गर्दै उनले त्यसका लागि आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन नेता, कार्यकर्तालाई निर्देशन दिए । 

सो अवसरमा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परिवर्तनको मोडमा देश बढिरहेको बताउँदै प्राप्त उपलब्धिलाई संस्थागत गर्नु प्रमुख जिम्मेवारी भएको बताए । 

राष्ट्रिय एकता, अखण्डता तथा स्वाभिमानलाई कमजोर बनाउने षड्यन्त्रस्वरुप जातीय, धार्मिकलगायतका विषयलाई उछाल्ने प्रयास भएको बताउँदै उनले त्यस्ता षड्यन्त्रबाट प्रभावित नबन्न पनि कार्यकतालाई आग्रह गरे । 

एमाले प्रदेश नं ४ का संयोजक किरण गुरुङले गुट उपगुटबाट माथि उठेर पार्टीलाई आगामी दिनमा अझै सशक्त बनाउन आवश्यक रहेको बताए । युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारीले आन्दोलनका उपलब्धि संस्थागत गर्न संविधान कार्यान्वयन अपरिहार्य भएको बताए । 

कार्यक्रमका सभापति एवम् पार्टीका मोर्चा सङ्गठन संयोजक गोकर्ण विष्टले तीनदिने भेला एवम् प्रशिक्षण कार्यक्रममा मोर्चाअन्तर्गतका विभिन्न २० वटा सङ्गठनका पदाधिकारी गरी करिब ४०० जनाको सहभागिता रहेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी