माघ १२, काठमाडौं । नेपालका लागि भारतीय राजदुत रञ्जित रायले नेपालको आन्तरिक राजनीतिक मामिलामा भारतले कहिल्यैपनि हस्तक्षेप नगरेको स्पष्ट पारेका छन् ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १२, काठमाडौं । नेपालका लागि भारतीय राजदुत रञ्जित रायले नेपालको आन्तरिक राजनीतिक मामिलामा भारतले कहिल्यैपनि हस्तक्षेप नगरेको स्पष्ट पारेका छन् ।

"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आन्तरिक मामिलामा भारतले हस्तक्षेप गरेको छैन: राजदुत राय

१२ माघ २०७३, बुधबार १०:१९


माघ १२, काठमाडौं । नेपालका लागि भारतीय राजदुत रञ्जित रायले नेपालको आन्तरिक राजनीतिक मामिलामा भारतले कहिल्यैपनि हस्तक्षेप नगरेको स्पष्ट पारेका छन् ।

उनले भने,‘भारतले नेपालको आन्तरिक मामिलामा कहिल्यैपनि हस्तक्षेप गरेको छैन, यो कुरा नेपालीहरुको मनमा पनि छैन, हस्तक्षेप गरेर भारतलाई के फाईदा हुन्छ ?’ राजदुत रायले नेपालमा अस्थिरता भए भारतलाई के फाईदा हुन्छ भन्दै उल्टै प्रश्न समेत तेर्साए ।

उनले भने,‘नेपाललाई फाईदा नहुने कुरा, भारतलाईपनि फाईदा हुँदैन् ।’ यद्धपी उनले भारतले नेपालको हरेक परिवर्तनको पक्षमा साथ दिएको ईतिहास सुनाए । ‘‘काठमाडौंका केही राजनीतिक भाषणमा यस्तो कुरा सुनिएपनि नेपाली जनतामा यस्तो विरोधी भावना छैन’, उनले थपे ।

उनले नेपाल–भारत द्धिपक्षीय सम्बन्धलाई थप मजबुद र आगामी दिनमा आर्थिक साझेदारीमा केन्द्रित रहेर अघि बढाउनुपर्ने बताएका छन् । भारतीय ६८ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा राजदुत रायले नेपाल–भारत सम्बन्ध देश–देशवीचको सम्बन्ध मात्रै नभएर व्यक्ति–व्यक्तिवीचको सम्बन्ध भएको बताउँदै भने,‘नेपाल–भारत द्धिपक्षीय सम्बन्ध प्रगाढ छ, अब २१ औं शताब्दी अनुसार द्धिपक्षीय सम्बन्धलाई कसरी थप मजबुद बनाउने भन्ने हामीवीच चूनौतिहरु छन्, त्यतातर्फ हामीले सोच्नुपर्छ ।’

राजदुत रायले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अब सामाजिक, साँस्कृतिक, धार्मिकका साथसाथै आर्थिक साझेदारीमा केन्द्रित गर्नुपर्ने धारणा राखे। रायले थपे,‘अबको हाम्रो सम्बन्धनको आधार नै आर्थिक एजेण्डा बनाउनुपर्छ, काँधमा काँध मिलाएर कसरी विकास र आर्थिक समृद्धिको बाटोमा हिड्न सकिन्छ भनेर सोच्नुपर्छ।’



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता