माघ १२, काठमाडौँ । व्यवस्थापिका–संसद्को शून्य समयमा सांसदले बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित जनतलाई मुआब्जा तथा भूकम्पपीडित आवास निर्माणका लागि दोस्रो किस्ता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १२, काठमाडौँ । व्यवस्थापिका–संसद्को शून्य समयमा सांसदले बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित जनतलाई मुआब्जा तथा भूकम्पपीडित आवास निर्माणका लागि दोस्रो किस्ता"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद्को शून्य समयमा कसले के भने ?

१२ माघ २०७३, बुधबार १०:५७

माघ १२, काठमाडौँ । व्यवस्थापिका–संसद्को शून्य समयमा सांसदले बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित जनतलाई मुआब्जा तथा भूकम्पपीडित आवास निर्माणका लागि दोस्रो किस्ताको रकम वितरण कार्य शीघ्र सुरु गर्न सरकार र सदनको ध्यानाकर्षण गराए । 

उनीहरुले लोकतन्त्रको मुटुको रुपमा रहेको निर्वाचन (स्थानीय, प्रदेश र संसद्) विसं २०७४ माघ ७ गतेभित्र सम्पन्न गराउन सरकार र निर्वाचन आयोगको ध्यान दिन तथा तराई मधेसमा एक घर एक शौचालय बनाउने अभियान सञ्चालन गर्न माग गरे । 

दुर्गम क्षेत्रमा रहेका स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी र औषधि समेत नभएको गुनासो राख्दै उनीहरुले पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी जिल्लाको मौलाखोलाको पुल मर्मत गर्न समेत सरकार र सदनको ध्यानाकर्षण गराए । 

यसरी ध्यानाकर्षण गराउनेमा सांसद कृष्णप्रसाद पौडेल, कृष्णभक्त पोखरेल, गणेश पहाडी, गणेशसिंह ठकुन्ना, गुरुप्रसाद वुर्लाकोटी, चन्द्रकान्त भण्डारी, गोमा कुँवर, चूडामणि विक जङ्गली, जानकीकुमारी साउद, तप्तबहादुर विष्ट, तुलसा राना, तुलराज विष्ट र गौरीकुमारी ओली छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता