परिषदको बैठकले आयोगमा रिक्त तीन आयुक्तमा इश्वरीप्रसाद पौड"/>
परिषदको बैठकले आयोगमा रिक्त तीन आयुक्तमा इश्वरीप्रसाद पौड"/>
माघ १४, काठमाडौं । संवैधानिक परिषदले निर्वाचन आयोगका लागि तीन सदस्य सिफारिस गरेको छ ।
परिषदको बैठकले आयोगमा रिक्त तीन आयुक्तमा इश्वरीप्रसाद पौडेल, नरेन्द्र दाहाल र सुधीरकुमार शाहलाई सिफारिस गरेको हो ।
दाहाल निर्वाचन आयोगको सचिव भइसके हुन् भने पौडेलपूर्व रक्षा सचिव हुन् । यस्तै शाह गृह मन्त्रालयका पूर्व सहसचिव हुन् । अयोधीप्रसाद यादवले प्रमुख निर्वाचन आयुक्त र इला शर्माले आयुक्तको रुपमा काम गर्दै आएका छन् ।
सिफारिस भएकाहरुको नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । यो सँगै आयोगले पूर्णता पाउनेछ ।