दिनेश ठकुल्ला/माघ १४, धनगढी । राष्ट्रपति विद्यादेवी भण्डारीले कैलालीको धनगढी उपमहानगरपालिकामा निर्माण भएको शिवनगर दोस्रो साना सहरी खानेपानी तथा सरसफाई"/>
दिनेश ठकुल्ला/माघ १४, धनगढी । राष्ट्रपति विद्यादेवी भण्डारीले कैलालीको धनगढी उपमहानगरपालिकामा निर्माण भएको शिवनगर दोस्रो साना सहरी खानेपानी तथा सरसफाई"/>
दिनेश ठकुल्ला/माघ १४, धनगढी । राष्ट्रपति विद्यादेवी भण्डारीले कैलालीको धनगढी उपमहानगरपालिकामा निर्माण भएको शिवनगर दोस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजनाको फोनबाट उदघाटन गरेकी छन् ।
कार्यक्रमका लागि काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेको राष्ट्रपति भण्डारी सवार नेपाली सेनाको हेलिकप्टर प्रतिकूल मौसमका कारण दाङको भालुवाङमा अवतरण भएको भएको थियो । मौसम सफा नभएका कारण राष्ट्रपति त्यतैबाट फर्किएकि छन ।
विहान १० बजे कार्यक्रमस्थलमा पुग्ने जनाईएपनि अन्तिममा आएर ४ बजे भण्डारीले फोनबाटै कार्यक्रम उदघाटन गरेकी हुन् । फोनबाट कार्यक्रम उदघाटनपछि बोल्दै राष्ट्रपति भण्डारीले खानेपानीलाई सवैको पहुचमा पुयाउन आग्रह गरेकी छिन ।
करिव १८ करोड १२ लाख २६ हजार रुपिया लागतमा बनेको आयोजनाबाट वडा नम्बर १, ५, ७ र ८ का स्थानीयको घर–घरमा शुद्ध खानेपानी पुगेको शिवनगर खानेपानी उपभोक्ता समितिका अध्यक्ष नारदमुनी रानाले जानकारी दिए । नेपाल सरकार एडीबी ग्रान्ट तथा उपभोक्ताको लगानी र नगर विकास कोष ऋणबाट निर्माण भएको भएको हो ।
सन २०१२ जनवरीबाट निर्माण सुरु भएको शिवनगर खानेपानी आयोजना २०१५ मा सम्पन्न भएको थियो । आयोजना अन्तर्गत दुई वटा डिप ट्युबेल, ४५० घनमिटरको एक ओभर हेड र ३०० घनमिटरको सतही ट्याङ्की (प्रशोधित पानी भण्डारण ट्याङ्की) निर्माण भएको समितिले जानकारी दिएको छ ।
त्यस्तै, तीन वटा प्रेसर फिल्टर प्लान्ट र १० ठाउँमा फायर हाईड्रेन्ट (अग्नी नियन्त्रक) रहेको छ । आयोजना अन्तर्गत दुई हजार ४४ घरधुरीमा धारा जडान भएका छन् । खानेपानी आयोजनाले २९१ गरिब घरधुरीलाई धारा तथा २४४ घरधुरीलाई शौचालय निर्माणमा सहयोग समेत गरेको जनाइएको छ ।
शिवनगर खानेपानी आयोजनाको पानी तेस्रो तल्लामा राखिएको ट्याङ्कीमा समेत मोटरको प्रयोगबिनै भरिने गरेको समितिले जनाएको छ । राष्ट्रपति भण्डारी धनगढी आउने भएपछि विहिवारदेखि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।