४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनको जिम्मेवारीलाई बेलैमा पूरा गरौँ : सभामुख घर्ती

१५ माघ २०७३, शनिबार ११:५३

माघ १५, मोरङ । सभामुख ओनसरी घर्तीले विगतका आन्दोलनले स्थापित गरेका हक अधिकारलाई संस्थागत गर्न राजनीतिक दलले निर्वाचनको जिम्मेवारीलाई बेलैमा पूरा गर्नुपर्ने बताउनुभएको छ । 

नेपाल मगर विद्यार्थी सङ्घको नवौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले अधिकार प्राप्तीसँग सम्बन्धित गुनासा र असन्तुष्टिलाई सहमतिका आधारमा संवैधानिक तवरले सम्बोधन गर्न सुझाव दिनुभयो । 

नेपाली जनताका हक अधिकारसँग जोडिएका प्रावधानलाई कार्यान्वयन गराउन चनाखोका साथ राजनीतिक दलका नेतालाई घच्घच्याउन आवश्यक रहेको बताउँदै उहाँले सामाजिक संस्कार र संस्कृतिले भरिपूर्ण नेपाललाई संविधान कार्यान्वयन गरेर अझ सुन्दर बनाउनुपर्छ भन्नुभयो । 

“संविधानले पहिलोपटक महिलाका विशेषाधिकार संरक्षण गरेको हुनाले देशमा ‘छोरीले जितेका’ छन्”–उहाँले भन्नुभयो । नेपाल सांस्कृतिक तथा भाषिक हिसाबले धनी भएको हुनाले पर्यटनको सम्भावना पनि निकै बोकेको धारणा राख्दै उहाँले हाम्रा सबै श्रम, पसिना देशको विकास र हितका लागि खर्चनुपर्छ भन्नुभयो । 

सङ्घका अध्यक्ष दीपा आलेले नवौँ महाधिवेशनमा मुलुकका ६२ जिल्लाबाट ४०० प्रतिनिधिले भाग लिएको जानकारी दिनुभयो । महासचिव गोमबहादुर रानाले तीन दिनसम्म चल्ने अधिवेशनले ६९ सदस्यीय नयाँ कार्यसमितिको चयन गर्ने बताउनुभयो । 

‘अधिकारसम्पन्न एकीकृत मगरात स्वायत्त प्रदेश प्राप्तिका लागि साझा आन्दोलनः वैज्ञानिक, व्यवहारिक र सङ्घीय शिक्षा प्रणालीको पक्षमा नवौँ राष्ट्रिय महाधिवेशन’ मूल नारा रहेको महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिले दुई वर्ष सङ्गठन हाँक्नेछ । 

उद्घाटन समारोह अघि मगर समुदायको वेशभूषा, रहनसहन र संस्कृति झल्कने झाँकी सहितको ¥यालीले नगर परिक्रमा गरेको थियो । सभामुख घर्तीले समारोहमा सांसद् डिकबहादुर लिम्बूलाई सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता