१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

अनुसासनहिन नेता तथा कार्यकर्तालाई काँग्रेसले कार्वाही गर्ने

१७ माघ २०७३, सोमबार ०५:३७

माघ १७, दार्चुला । पार्टीको विधान तथा निति विपरित काम गर्ने नेता तथा कार्यकर्ता लाई नेपाली काग्रेस दार्चुलाले कार्वाही गर्ने जनाएको छ । 

पछिल्लो समय फेसवुक जस्ता सामाजिक संजालमा पार्टीका विभिन्न संघ संगठनको नामबाट अनावश्यक कुराहरु पोष्ट हुन थालेपछी अनुसासनको कसी लगाउन सुरु गरेको कांग्रेस सभापति ललीत बोहराले जानकारी दिनुभयो । माघ १५ र १६ गते गरी दुइ दिन सम्म चलेको जिल्ला कार्य समिति बैठकले सो निर्णय गरेको उहाले जानकारी दिनुभयो । 

साथै त्यस्ता अनाधिकृत तथा गैरजिम्मेवारी गतिविधि तत्काल बन्द गर्न समेत सम्बन्धित नेता कार्यकर्तालाई पार्टीले निर्देशन दिएको छ । यस्तै बैठकले जिल्लाका इलाका स्तरीय जिम्मेवारी सम्पेका प्रभारीहरु बाट प्रतिवेदन माग गरेको हो । 

बैठकले पार्टीका विभिन्न विभाग प्रमुख, आमन्त्रित सदस्य हरुको बारेमा थप छलफल गरी हेरफेर एवं पुर्णता दिने समेत निर्णय गरेको सभापति बोहराले जानकारी दिनुभयो । यस्तै नेपाल दलित संघको ५औ जिल्ला अधिवेशन माघ २९ गते तथा अपांग संघ र किसान संघको जिल्ला अधिवेशन फागुन पहिलो साता सम्पन्न गर्ने समेत निर्णय भएको छ । 

यस्तै जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा जिल्ला कार्य समिति सचिव हरकसिह विष्ट चयन हुनुभएकोमा सफल कार्यकालको शुभकामना सहितको प्रस्ताव पास गरेको छ । स्वास्थ्य मन्त्रालयको पौष २५ गतेको निर्णय अनुसार दार्चुला जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा विष्टलाई मनोनयन गरिएको हो । उहालाई दुई वर्षे कार्यकाल रहने गरी अध्यक्ष पदमा मनोनयन गरेको को पत्रमा उल्लेख गरिएको छ । 

यस्तै खण्डेश्वरी गाउ कार्य समितिको कार्यवाहक सभापतिमा जिवनी ठेकरेलाई  चयन गर्ने समेत सो बैठकले निर्यण गरेको छ । बैठकले पार्टी सचिवमा गोबद्र्धन कोलीलाई मनोनयन गरेको छ ।  यस्तै गरी नेपाल भुपु सैनिक संघको दार्चुलाको गोकुलेश्वर संचालित एम्वुलेन्स सेवा ग्वानीबाट संचालन गर्न भुपु सैनिक संग लाइ निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह