माघ १७, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्थापिका–संसद्बाट स्थानीय निर्वाचनका लागि आवश्यक सबै कानुन पारित गराई यही माघ २५ भित्र निर्वाच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १७, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्थापिका–संसद्बाट स्थानीय निर्वाचनका लागि आवश्यक सबै कानुन पारित गराई यही माघ २५ भित्र निर्वाच"/>
२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माघ २५ भित्र निर्वाचनको मिति घोषणा गर्नुपर्छ: पौडेल

२०७३, १७ माघ सोमबार ०८:५०

माघ १७, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्थापिका–संसद्बाट स्थानीय निर्वाचनका लागि आवश्यक सबै कानुन पारित गराई यही माघ २५ भित्र निर्वाचनको मिति घोषणा गरिसक्नुपर्नेमा जोड  दिएका छन् । 

काँग्रेसको भ्रातृ सङ्घ जनसम्पर्क समिति दक्षिण कोरियाको कार्यक्रममा सहभागी भई आज स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसित कुराकानी गर्दै अगामी जेठभित्र स्थानीय निकायको निर्वाचन भएमा मङ्सिरमा प्रदेशसभा र संसद्को निर्वाचन सम्पन्न हुनसक्ने बताए ।

उनले भने– “संविधानलाई कार्यान्वयन गर्न निर्वाचनको अर्को विकल्प छैन, यसमा दलहरु गम्भीर बन्नुपर्छ ।” 

नेता पौडेलले संविधान संशोधन नभई चुनाव हुन सक्दैन भन्ने मधेसी मोर्चाको भनाइ, संशोधन नगरी निर्वाचनमा जानुपर्छ भन्ने एमालेको हठ र दुवैलाई मिलाएपछि मात्र निर्वाचन भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइले कसरी निर्वाचन हुन्छ भन्ने प्रश्न गरे । 

स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनबारेमा मधेसी मोर्चाले भनाइ सार्वजनिक गर्न माग गर्दै उनले सबै दल मिलेर निर्वाचन जानुपर्ने बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी