माघ १७, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्थापिका–संसद्बाट स्थानीय निर्वाचनका लागि आवश्यक सबै कानुन पारित गराई यही माघ २५ भित्र निर्वाच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १७, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्थापिका–संसद्बाट स्थानीय निर्वाचनका लागि आवश्यक सबै कानुन पारित गराई यही माघ २५ भित्र निर्वाच"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माघ २५ भित्र निर्वाचनको मिति घोषणा गर्नुपर्छ: पौडेल

१७ माघ २०७३, सोमबार ०८:५०

माघ १७, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्थापिका–संसद्बाट स्थानीय निर्वाचनका लागि आवश्यक सबै कानुन पारित गराई यही माघ २५ भित्र निर्वाचनको मिति घोषणा गरिसक्नुपर्नेमा जोड  दिएका छन् । 

काँग्रेसको भ्रातृ सङ्घ जनसम्पर्क समिति दक्षिण कोरियाको कार्यक्रममा सहभागी भई आज स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसित कुराकानी गर्दै अगामी जेठभित्र स्थानीय निकायको निर्वाचन भएमा मङ्सिरमा प्रदेशसभा र संसद्को निर्वाचन सम्पन्न हुनसक्ने बताए ।

उनले भने– “संविधानलाई कार्यान्वयन गर्न निर्वाचनको अर्को विकल्प छैन, यसमा दलहरु गम्भीर बन्नुपर्छ ।” 

नेता पौडेलले संविधान संशोधन नभई चुनाव हुन सक्दैन भन्ने मधेसी मोर्चाको भनाइ, संशोधन नगरी निर्वाचनमा जानुपर्छ भन्ने एमालेको हठ र दुवैलाई मिलाएपछि मात्र निर्वाचन भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइले कसरी निर्वाचन हुन्छ भन्ने प्रश्न गरे । 

स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनबारेमा मधेसी मोर्चाले भनाइ सार्वजनिक गर्न माग गर्दै उनले सबै दल मिलेर निर्वाचन जानुपर्ने बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता