माघ १८, काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका प्रभावशाली नेता डा. नारायण खड्काले माघभित्रै निर्वाचनको मिति घोषणा गर्न नसके प्रधानमन्त्री पुष्पकमल दाहाल प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १८, काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका प्रभावशाली नेता डा. नारायण खड्काले माघभित्रै निर्वाचनको मिति घोषणा गर्न नसके प्रधानमन्त्री पुष्पकमल दाहाल प"/>

६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनको मिति घोषणा नगरे प्रधानमन्त्रीको राजिनामा: खड्का

१८ माघ २०७३, मंगलवार १०:२७


माघ १८, काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका प्रभावशाली नेता डा. नारायण खड्काले माघभित्रै निर्वाचनको मिति घोषणा गर्न नसके प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा गरेर बाटो खुल्ला गर्नुपर्ने माँग गरेका छन्।

मंगलबार राजधानीमा आयोजना गरिएको साक्षात्कारमा बोल्दै केन्द्रिय सदस्य खड्काले भने,‘प्रधानमन्त्रीले यही माघभित्रै निर्वाचनको मिति घोषणा गर्नुपर्छ, यदि गर्न सक्नुभएन भने कुर्सीमा बसिरहनुको कुनै अर्थ हुँदैन, राजिनामा दिएर बाटो खोलिदिनुपर्छ, सहज रुपमा राजिनामा दिनुपर्छ।’

खड्काले भने,‘माघभित्रै निर्वाचनको मिति घोषणा गरिएमात्रै बैशाखमा स्थानीय तहको निर्वाचन हुन्छ, यदि माघमा पनि निर्वाचनको मिति घोषणा नगर्ने हो भने जेठमा पनि चुनाव हुन सक्दैन, त्यसैले यो सरकार बैशाखसम्ममात्रै हो, काँग्रेससँग सम्झौता भएको छ।’

उनले प्रधानमन्त्रीले चुनाव गराउन नसक्ने हो भने समय व्यतित गरेर पदमा बस्नुको कुनै अर्थ नहुने जिकिर गरे ।

खड्काले भने,‘यो सरकार नै निश्चित् उद्देश्य लिएर बोकेर गठन भएको हो, त्यही पूरा नगर्ने हो भने के अर्थ हुन्छ ? त्यसैले उहाँले निर्वाचन नगर्ने हो भने सहज रुपमा राजिनामा दिएर मुलुकलाई निकास दिनुपर्छ, अर्को चूनौति लिन तयार हुने नेता प्रधानमन्त्री बन्नुहुन्छ ।’

नेता खड्काले मधेशी मोर्चालेपनि संशोधन प्रस्ताव प्रक्रियामा गएर पारित भएपनि वा नभएपनि अब चुनावमा भाग लिनुपर्ने बताए।‘प्रमुख प्रतिपक्षी दल एमालेले पनि प्रस्ताव प्रक्रियामा लैजान अवरोध गर्नुहुँदैन, र प्रस्ताव पास नभएपनि मोर्चा चुनावमा जानुपर्छ’ उनले अघि भने,‘प्रक्रियामा लैजानबाट यसलाई अड्काएर राख्नुहुँदैन्, यसले गर्दा निर्वाचनको मिति घोषणा गर्नपनि गाह्रो हुन्छ ।’

उनले सत्तारुढ दल काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रस्ताव पारित गराउनको लागि अधिकतम प्रयास गर्ने जिकिर गर्दै भने,‘हामी यो प्रस्ताव पारित गराउनको लागि अधिकतम प्रयास गर्छौं, तर पारित भएन वा जे भएपनि यसको नतिजालाई स्विकार गर्दै चुनावमा जानुपर्छ ।’

उनले प्रस्ताव पारित नभए मोर्चाले पनि अब आन्दोलनमा नजाने प्रतिबद्धता गर्नुपर्ने उल्लेख गरे ।  त्यस्तै उनले संविधान संशोधन प्रस्ताव संसदमा टेबुल भैसकेकोले यसलाई थाँती राखेर निर्वाचनमा जाने कुरापनि ठिक नहुने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह