माघ १८, काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका प्रभावशाली नेता डा. नारायण खड्काले माघभित्रै निर्वाचनको मिति घोषणा गर्न नसके प्रधानमन्त्री पुष्पकमल दाहाल प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १८, काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका प्रभावशाली नेता डा. नारायण खड्काले माघभित्रै निर्वाचनको मिति घोषणा गर्न नसके प्रधानमन्त्री पुष्पकमल दाहाल प"/>

२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनको मिति घोषणा नगरे प्रधानमन्त्रीको राजिनामा: खड्का

२०७३, १८ माघ मंगलवार १०:२७


माघ १८, काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका प्रभावशाली नेता डा. नारायण खड्काले माघभित्रै निर्वाचनको मिति घोषणा गर्न नसके प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा गरेर बाटो खुल्ला गर्नुपर्ने माँग गरेका छन्।

मंगलबार राजधानीमा आयोजना गरिएको साक्षात्कारमा बोल्दै केन्द्रिय सदस्य खड्काले भने,‘प्रधानमन्त्रीले यही माघभित्रै निर्वाचनको मिति घोषणा गर्नुपर्छ, यदि गर्न सक्नुभएन भने कुर्सीमा बसिरहनुको कुनै अर्थ हुँदैन, राजिनामा दिएर बाटो खोलिदिनुपर्छ, सहज रुपमा राजिनामा दिनुपर्छ।’

खड्काले भने,‘माघभित्रै निर्वाचनको मिति घोषणा गरिएमात्रै बैशाखमा स्थानीय तहको निर्वाचन हुन्छ, यदि माघमा पनि निर्वाचनको मिति घोषणा नगर्ने हो भने जेठमा पनि चुनाव हुन सक्दैन, त्यसैले यो सरकार बैशाखसम्ममात्रै हो, काँग्रेससँग सम्झौता भएको छ।’

उनले प्रधानमन्त्रीले चुनाव गराउन नसक्ने हो भने समय व्यतित गरेर पदमा बस्नुको कुनै अर्थ नहुने जिकिर गरे ।

खड्काले भने,‘यो सरकार नै निश्चित् उद्देश्य लिएर बोकेर गठन भएको हो, त्यही पूरा नगर्ने हो भने के अर्थ हुन्छ ? त्यसैले उहाँले निर्वाचन नगर्ने हो भने सहज रुपमा राजिनामा दिएर मुलुकलाई निकास दिनुपर्छ, अर्को चूनौति लिन तयार हुने नेता प्रधानमन्त्री बन्नुहुन्छ ।’

नेता खड्काले मधेशी मोर्चालेपनि संशोधन प्रस्ताव प्रक्रियामा गएर पारित भएपनि वा नभएपनि अब चुनावमा भाग लिनुपर्ने बताए।‘प्रमुख प्रतिपक्षी दल एमालेले पनि प्रस्ताव प्रक्रियामा लैजान अवरोध गर्नुहुँदैन, र प्रस्ताव पास नभएपनि मोर्चा चुनावमा जानुपर्छ’ उनले अघि भने,‘प्रक्रियामा लैजानबाट यसलाई अड्काएर राख्नुहुँदैन्, यसले गर्दा निर्वाचनको मिति घोषणा गर्नपनि गाह्रो हुन्छ ।’

उनले सत्तारुढ दल काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रस्ताव पारित गराउनको लागि अधिकतम प्रयास गर्ने जिकिर गर्दै भने,‘हामी यो प्रस्ताव पारित गराउनको लागि अधिकतम प्रयास गर्छौं, तर पारित भएन वा जे भएपनि यसको नतिजालाई स्विकार गर्दै चुनावमा जानुपर्छ ।’

उनले प्रस्ताव पारित नभए मोर्चाले पनि अब आन्दोलनमा नजाने प्रतिबद्धता गर्नुपर्ने उल्लेख गरे ।  त्यस्तै उनले संविधान संशोधन प्रस्ताव संसदमा टेबुल भैसकेकोले यसलाई थाँती राखेर निर्वाचनमा जाने कुरापनि ठिक नहुने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट