मोहम्मद ईजहार शेष/माघ १८, नवलपरासी । नेपाली कांग्रेसका सांसद बिक्रम खनालले लोकसेवा आयोगमा राज्यले सम्बन्धित जातजाती र समुदायका लागि गरेको आरक्षण कोटाको युवा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/माघ १८, नवलपरासी । नेपाली कांग्रेसका सांसद बिक्रम खनालले लोकसेवा आयोगमा राज्यले सम्बन्धित जातजाती र समुदायका लागि गरेको आरक्षण कोटाको युवा"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

आरक्षित कोटाको लाभ लिनुस: सांसद खनाल

१८ माघ २०७३, मंगलवार ११:५७


मोहम्मद ईजहार शेष/माघ १८, नवलपरासी । नेपाली कांग्रेसका सांसद बिक्रम खनालले लोकसेवा आयोगमा राज्यले सम्बन्धित जातजाती र समुदायका लागि गरेको आरक्षण कोटाको युवा विद्यार्थिहरुले लाभ लिनुपर्ने बताउनु भएको छ । 

नेपाल सरकारको लोकसेवाको परिक्षामा सरकारले पिछडिएका जातजाती, दलित र मधेसीका लागि ४५ प्रतिशत आरक्षण दिएको तर त्यस्मा पनि अहिले विद्यार्थिहरु धेरै हुने गरेकाले प्रतिस्पर्धा गर्नुपर्ने भएकाले आरक्षित कोटामा पनि मेहनत गर्नुपर्ने बताउनु भएको छ ।

नेपाल सरकार संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालय अन्तर्गतको पिछडिएका समुदाय ओबी सी उत्थान बिकास समिति द्धारा पिछडिएका समुदायका विद्यार्थिहरुका लागि निशूल्क लोकसेवा तयारी कक्षा कार्यक्रमको उद्घाटन गर्दै नवलपरासी क्षेत्र नम्बर ५ सांस्द समेत रहेका नेता खनालले कत्तिपय नेताहरुले लोकसेवामा सोर्स लगाएर पास गराउन दिएको आश्वासन बेल्कुलै गलत भएको बताउनु भयो । 

पिछडिएका समुदाय उत्थान बिकास समितिका केन्द्रिय उपाध्यक्ष रामचन्द्र प्रसाद मौर्यको अध्यक्षता तथा सांसद खनालको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बिच निशुल्क लोकसेवा तयारी कक्षा कार्यक्रमको आज उद्घाटन गरिएको छ । 


कार्यक्रममा सम्बोधन गर्दै नेता खनालले बिना वर्दि सिमाको रक्षा गरि रहेका मधेसी समुदायको हक अधिकार सुनिस्चितका लागिपनि संविधान संसोधन गर्न आवश्यक रहेको बताउदै आफुहरु संसोधनको कुरामा पहल गरि रहेको बताउनु भयो । फरक प्रसंगमा बोल्दै नेता खनालले पुर्व प्रधानमन्त्री जस्तो खोक्रो राष्ट्रबाद र मधेस केन्द्रित दलहरुको पनि केही उग्र मधेसबाद लाई चिर्नका लागि पनि संविधान संसोधन गर्न आवश्य रहेकोमा उँहाले जोड दिनुभयो ।

कार्यक्रममा ओबीसी अन्तर्गतका २० जना विद्यार्थिहरुलाई फाल्गुन मसान्त भरि दैनिक २ घन्टा लोक सेवा अन्तर्गतको नायब सुब्बा पदको परिक्षाको लागि तयारी गराईने पिछडिएका समुदाय उत्थान बिकास समितिका  कार्यकारी निर्देशक पुरुषोत्तम शर्माले जानकारी दिनुभयो । 

सो अवसरमा नेपाली कांग्रेसका महा समिति सदस्य सञ्जय यादव , क्षेत्र नम्बर ५ का सदस्य राजु मिश्र , परासी क्याम्पसका सहायक प्रमुख गोबिन्द न्यौपाने लगायतले निशुल्क तयारी कक्षाको ओबीसीका विद्यार्थिहरुले लाभ लिनुर्पे बताउनु भएको थियो । ओबीसी अन्तर्गतका २९ जातीका २० जना विद्यार्थिहरुको सहभागिता रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह