मोहम्मद ईजहार शेष/माघ १८, नवलपरासी । नेपाली कांग्रेसका सांसद बिक्रम खनालले लोकसेवा आयोगमा राज्यले सम्बन्धित जातजाती र समुदायका लागि गरेको आरक्षण कोटाको युवा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/माघ १८, नवलपरासी । नेपाली कांग्रेसका सांसद बिक्रम खनालले लोकसेवा आयोगमा राज्यले सम्बन्धित जातजाती र समुदायका लागि गरेको आरक्षण कोटाको युवा"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

आरक्षित कोटाको लाभ लिनुस: सांसद खनाल

२०७३, १८ माघ मंगलवार ११:५७


मोहम्मद ईजहार शेष/माघ १८, नवलपरासी । नेपाली कांग्रेसका सांसद बिक्रम खनालले लोकसेवा आयोगमा राज्यले सम्बन्धित जातजाती र समुदायका लागि गरेको आरक्षण कोटाको युवा विद्यार्थिहरुले लाभ लिनुपर्ने बताउनु भएको छ । 

नेपाल सरकारको लोकसेवाको परिक्षामा सरकारले पिछडिएका जातजाती, दलित र मधेसीका लागि ४५ प्रतिशत आरक्षण दिएको तर त्यस्मा पनि अहिले विद्यार्थिहरु धेरै हुने गरेकाले प्रतिस्पर्धा गर्नुपर्ने भएकाले आरक्षित कोटामा पनि मेहनत गर्नुपर्ने बताउनु भएको छ ।

नेपाल सरकार संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालय अन्तर्गतको पिछडिएका समुदाय ओबी सी उत्थान बिकास समिति द्धारा पिछडिएका समुदायका विद्यार्थिहरुका लागि निशूल्क लोकसेवा तयारी कक्षा कार्यक्रमको उद्घाटन गर्दै नवलपरासी क्षेत्र नम्बर ५ सांस्द समेत रहेका नेता खनालले कत्तिपय नेताहरुले लोकसेवामा सोर्स लगाएर पास गराउन दिएको आश्वासन बेल्कुलै गलत भएको बताउनु भयो । 

पिछडिएका समुदाय उत्थान बिकास समितिका केन्द्रिय उपाध्यक्ष रामचन्द्र प्रसाद मौर्यको अध्यक्षता तथा सांसद खनालको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बिच निशुल्क लोकसेवा तयारी कक्षा कार्यक्रमको आज उद्घाटन गरिएको छ । 


कार्यक्रममा सम्बोधन गर्दै नेता खनालले बिना वर्दि सिमाको रक्षा गरि रहेका मधेसी समुदायको हक अधिकार सुनिस्चितका लागिपनि संविधान संसोधन गर्न आवश्यक रहेको बताउदै आफुहरु संसोधनको कुरामा पहल गरि रहेको बताउनु भयो । फरक प्रसंगमा बोल्दै नेता खनालले पुर्व प्रधानमन्त्री जस्तो खोक्रो राष्ट्रबाद र मधेस केन्द्रित दलहरुको पनि केही उग्र मधेसबाद लाई चिर्नका लागि पनि संविधान संसोधन गर्न आवश्य रहेकोमा उँहाले जोड दिनुभयो ।

कार्यक्रममा ओबीसी अन्तर्गतका २० जना विद्यार्थिहरुलाई फाल्गुन मसान्त भरि दैनिक २ घन्टा लोक सेवा अन्तर्गतको नायब सुब्बा पदको परिक्षाको लागि तयारी गराईने पिछडिएका समुदाय उत्थान बिकास समितिका  कार्यकारी निर्देशक पुरुषोत्तम शर्माले जानकारी दिनुभयो । 

सो अवसरमा नेपाली कांग्रेसका महा समिति सदस्य सञ्जय यादव , क्षेत्र नम्बर ५ का सदस्य राजु मिश्र , परासी क्याम्पसका सहायक प्रमुख गोबिन्द न्यौपाने लगायतले निशुल्क तयारी कक्षाको ओबीसीका विद्यार्थिहरुले लाभ लिनुर्पे बताउनु भएको थियो । ओबीसी अन्तर्गतका २९ जातीका २० जना विद्यार्थिहरुको सहभागिता रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै