माघ १९, बुटवल । रक्षामन्त्री बालकृष्ण खाँणले विकासमा सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । ‘देशको विकास र समृद्धिका लागि सबैको सहभागिता आवश्यक छ, बुटवलस्थित इल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १९, बुटवल । रक्षामन्त्री बालकृष्ण खाँणले विकासमा सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । ‘देशको विकास र समृद्धिका लागि सबैको सहभागिता आवश्यक छ, बुटवलस्थित इल"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५ नम्बर प्रदेशलाई पहाडबाट अलग गर्न मिल्दैनः रक्षा मन्त्री

१९ माघ २०७३, बुधबार ०९:०६

माघ १९, बुटवल । रक्षामन्त्री बालकृष्ण खाँणले विकासमा सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । ‘देशको विकास र समृद्धिका लागि सबैको सहभागिता आवश्यक छ, बुटवलस्थित इलाका प्रशासन कार्यालयको आज एक समारोहबीच भवन शिलान्यास गर्दै उनले भने, ‘सबै पक्षको सहकार्यबाट नै लुम्बिनी क्षेत्रका विकास अघि बढेको छ ।’

मन्त्री खाँणले यस क्षेत्रको विकासका लागि सबै जनप्रतिनिधिले राजनीति भन्दामाथि उठेर सहकार्यका साथ अगाडि बढेको चर्चा गर्दै रुपन्देहीको विकासका सरकार प्रतिवद्ध रहेको बताए।

लुम्बिनीलाई केन्द्रमा राखेर ५ नं प्रदेश बनाउनुपर्ने र यो प्रदेशबाट पहाडलार्य अलग गर्न हुदैन्, उनले भने–‘लुम्बिनीलाई प्राकृतिक स्रोत साधनमा पहुँच राख्न पनि पहाडी जिल्लासँगको सम्बन्ध जरुरी छ ।’

मन्त्री खाँणले प्रशासन भवन निर्माणका लागि बजेटको कुनै अभाव हुन नदिने बताउँदै भवनको गुणस्तर र निर्धारित समयमै सम्पन्न गर्न निर्देशन समेत दिए ।

चार करोड ८८ लाखको लागतमा सो भवन निर्माण हुँदैछ । पहिलो चरणमा दुई तले कार्यालय भवन निर्माण हुने र दोस्रो चरणमा कर्मचारी आवास निर्माण गरिने इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

कार्यक्रममा भवन डिभिजन कार्यालय रुपन्देहीका प्राविधिक इन्जिनियर सुरेश खनालले निर्माणाधिन भवनका विविध पक्षमाथि प्रकाश पारेका थिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता