५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्र निकट पर्यटन व्यवसायी एकीकृत हुदै

२० माघ २०७३, बिहीबार ०६:४३

माघ २०, काठमाडौँ । विभिन्न कालखण्डमा टुक्रिएका नेकपा (माओवादी केन्द्र) निकट पर्यटन व्यवसायी सङ्गठनबीच एकता हुने भएको छ । 

ती सङ्गठनले भोलि शुक्रबार एकता भेला गरी पर्यटन प्रवद्र्धनका लागि नयाँ कार्ययोजना ल्याउने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । 

व्यवसायीको एकतासँगै पर्यटन क्षेत्रको सुदृढीकरण र प्रवद्र्धनका लागि रणनीतिक कार्यक्रमका साथ अघि बढ्ने माओवादी केन्द्र निकट नेपाल पर्यटन व्यवसायी सङ्गठनका महाधिवेशन आयोजक समिति संयोजक नवराज दाहालले बताउनुभयो । 

उहाँले माओवादी केन्द्र निकट व्यवसायीहरु विभाजित हुँदा सशक्त ढङ्गले अगाडि बढ्न नसकिएको भन्दै अब सङ्गठन पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न केन्द्रित हुने बताउनुभयो । 

आगामी तीन महिनाभित्र महाधिवेशन आयोजना गर्ने गरी अहिले संयोजक मात्र तोकिएको केन्द्र निकट व्यवसायी बोधराज भण्डारीले बताउनुभयो । 

विभाजित माओवादी एक भएसँगै विभिन्न भ्रातृ सङ्गठन र शुभेच्छुक संस्थाहरु पनि एकीकृत भएका हुन् । यसअघिका केन्द्र निकटका व्यवसायी संस्थाहरु एकीकृत पर्यटन व्यवसायी सङ्गठन (युटिन), नेपाल पर्यटन व्यवसायी मञ्च र वैद्य माओवादी निकट व्यवसायीबीच एकता हुन लागेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता