५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्रीलाई विप्लवले दिए कडा चेतावनी (विज्ञप्तिसहित)

२१ माघ २०७३, शुक्रबार ०८:५५

माघ २१, काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले आफ्नो पार्टीका गतिविधि रोक्न सरकार लागिपरेको भन्दै राज्यको यस्तो रवैयाविरुद्ध सशक्त प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले बिहीबारको मन्त्रीपरिषदको बैठकमा आफ्नो पार्टीका गतिविधिलाई नियन्त्रण गर्ने खालको प्रस्ताव गरेको प्रचार गरेको भन्दै उनले यस्तो चेतावनी दिएका छन ।

‘हिजोको मन्त्रिपरिषदमा गृह मन्त्रिले हाम्रो पार्टीवाट राज्यलाई चुनौती भएको भन्दै पार्टीका गतिबिधिमाथि नियन्त्रण गर्ने खालको प्रस्ताब गरेको प्रचार भएको छ । राज्यको यो रवैयाले हाम्रो ध्यान गंभिर प्रकारले तानेको छ’-विज्ञप्तिमा भनिएको छ । 

उनले भनेका छन् ‘यतिवेला हाम्रो पार्टी फाल्गुन १ गतेदेखि १० गतेसम्म ऐतिहासिक आठौं महाधिवेशन गर्ने काममा जुटिरहेको छ र महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यहीबेला हाम्रो पार्टी विरुद्ध एकदमै भ्रामक प्रचार राज्यका सञ्चारमाध्यमबाट गर्नु भनेको हाम्रो महाधिवेशनलाई बाधा पुर्याउने र जनताको आकर्षणलाई भाड्ने खेल हो ।

यो गम्भीर किन पनि छ भने राष्ट्र र जनताको पक्षमा काम गर्दा, साथै गलत कार्यकोविरुद्ध संघर्ष गर्दा उक्त कार्यहरुलाई प्रोत्साहित गर्नुको सट्टा उल्टो दमन गर्नु भनेको राज्यले नै देशलाई अशान्ति र द्वन्द्वतिर धकेल्ने कार्य गर्नु हो ।’

उनले सरकारलाई दमनमा नउत्रिन चेतावनी दिदै यदि राज्य दमनमा उत्रिए त्यसको कडा प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन् । उनले राज्यको दमनकारी र भ्रामक कार्यको देशव्यापी रुपमा भण्डाफोर र प्रतिरोध गर्न सम्पूर्ण पार्टी पंक्तिलाई अपिल पनि गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता