माघ २१, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको देशका २४० निर्वाचन क्षेत्रमा आज क्षेत्रीय अधिवेशन सुरु भएको छ । 

पार्टीको आगामी फागुन ६ गतेदेखि ९ गत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २१, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको देशका २४० निर्वाचन क्षेत्रमा आज क्षेत्रीय अधिवेशन सुरु भएको छ । 

पार्टीको आगामी फागुन ६ गतेदेखि ९ गत"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशभर राप्रपाको क्षेत्रीय अधिवेशन सुरु

२१ माघ २०७३, शुक्रबार १०:२७

माघ २१, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको देशका २४० निर्वाचन क्षेत्रमा आज क्षेत्रीय अधिवेशन सुरु भएको छ । 

पार्टीको आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म काठमाडौँमा हुन लागेको महाधिवेशनका लागि प्रत्येक क्षेत्रबाट प्रतिनिधि छनोट गर्ने उद्देश्यले सो अधिवेशन देशभर एकै दिन गर्न लागिएको हो । 

पार्टीका अध्यक्ष, पदाधिकारी तथा केन्द्रीय नेतृत्व सम्बन्धित निर्वाचन क्षेत्रमा अनिवार्य सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ । 

महाधिवेशनमा सहभागी हुनका लागि पार्टीका स्थानीय तहदेखि नै निर्वाचित भएर आउनुपर्ने व्यवस्था भएअनुसार वडा, गाउँ, नगरबाट निर्वाचित भएर आएका नेता सम्बन्धित निर्वाचन क्षेत्रबाट समेत प्रतिनिधित्व गरी आउने छन् । 

राजनीतिक रुपमा समझदारी कायम भएका स्थानमा सर्वसम्मत तथा विवाद भएका स्थानमा निर्वाचनका माध्यमबाट प्रतिनिधि छानिने छन् । 

सो अधिवेशनमा प्रत्येक निर्वाचन क्षेत्रबाट नौ जनाको प्रतिनिधित्व रहने हुँदा समग्रमा दुई हजार १६० जना छनोट हुने प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार क्षेत्रीय अधिवेशनमा छनोट हुनका लागि केन्द्रीय अध्यक्ष कमल थापा मकवानपुर, राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी नुवाकोट र पूर्व अध्यक्ष पशुपति शम्शेर राणा सिन्धुपाल्चोकमा भइरहेको अधिवेशनमा सहभागी हुनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता