माघ २१, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पार्टी पत्रकारिता मौलाउँदै गएकामा चिन्ता व्यक्त गरेका छन् । 

मन्त्रालयले शुक्रबार क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २१, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पार्टी पत्रकारिता मौलाउँदै गएकामा चिन्ता व्यक्त गरेका छन् । 

मन्त्रालयले शुक्रबार क"/>

२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टी पत्रकारिता मौलाउँदै गयो: सञ्चारमन्त्री

२०७३, २१ माघ शुक्रबार १०:४७

माघ २१, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पार्टी पत्रकारिता मौलाउँदै गएकामा चिन्ता व्यक्त गरेका छन् । 

मन्त्रालयले शुक्रबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लोकतन्त्र, जनता, जनजीविका, भाषा, साहित्य, लोपोन्मुख जातजाति तथा पिछडिएका समुदायको अधिकारलाई गौण राखी पार्टी पत्रकारिता अगाडि देखिएको बताए । 

उनले सत्यतथ्यमा भन्दा आरोप–प्रत्यारोप गालीगलौज तथा व्यक्तिको चरित्र हत्या गर्नेतर्फ उन्मुख पत्रकारिताले समाजमा रचनात्मक प्रभाव नदेखिने उल्लेख गरे । सञ्चारमन्त्री कार्कीले वर्तमान सरकार स्वतन्त्र प्रेस, मानवअधिकारको रक्षा र जनतालाई सुशासन प्रदान गर्न कहीँकतै नचुकेको स्पष्ट पारे । 

उनले लोककल्याणकारी विज्ञापनको समानुपातिक वितरण, नेपाल पत्रकार महासङ्घको आठ जिल्ला शाखा निर्माणमा प्रतिशाखा रु पाँच लाख वितरण, पत्रकारको उपचारमा ५० प्रतिशत छुटको व्यवस्था लागू गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । 

त्यसैगरी, ३५ जिल्लामा सामुदायिक सूचना केन्द्र स्थापना गर्न सामुदायिक विद्यालयको छनौट, दूरसञ्चार पूर्वाधार, देशव्यापी ब्रोड व्यान्ड सेवा विस्तार, हुलाक, चलचित्र, मुद्रण र सार्वजनिक संस्थान, प्राधिकरण, समिति, बोर्डलगायतका कार्यकारी प्रमुखको नियुक्ति र मनोनयन प्रक्रिया अगाडि बढेको बताए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट