माघ २२, नवलपरासी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोबिन्द भट्टराईले अहिले कांग्रेस अभिभावकको भुमिका निर्वाह गरिरहेको बताउनु भएको छ । 

नेपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २२, नवलपरासी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोबिन्द भट्टराईले अहिले कांग्रेस अभिभावकको भुमिका निर्वाह गरिरहेको बताउनु भएको छ । 

नेपा"/>

१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

कांग्रेस अभिभावकको भुमिका निर्वाह गर्दै छ: नेता भट्टराई

२२ माघ २०७३, शनिबार ०५:३१


माघ २२, नवलपरासी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोबिन्द भट्टराईले अहिले कांग्रेस अभिभावकको भुमिका निर्वाह गरिरहेको बताउनु भएको छ । 

नेपाली कांग्रेस क्षेत्र नम्बर ५ नवलपरासीको आयोजनामा सुक्रवार मनरीमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य भट्टराईले कांग्रेसकै पालामा संविधान जारी भएकाले अहिले कार्यन्वयन गराउनका लागि कांग्रेसलेनै मुख्य भुमिका निर्वाह गरीरहेको बताउनु भएको हो । 

आसन्न स्थानीय निर्वाचनलाई मध्य नजर गर्दै नेपाली कांग्रेस केन्द्रिय समितिको निर्देशन अनुसार केन्द्रिय सदस्य भट्टराई संग्ठन विस्तार तथा कार्यकर्ताहरुलाई सक्रिय बनाउनका लागि नवलपरासीमा खटाईनु भएको छ । कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उँहाले स्थानीय निकायको निर्वाचनमा कार्यकर्ताहरुलाई सक्रिय हुन निर्देशन दिदै निर्वाचनमा कांग्रेस पहिलो हुने दावी गर्नु भयो ।


कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले पनि अहिले सरकार स्थानीय निकायको निर्वाचनको तयारीमा रहेकाले कार्यकर्ताहरु निर्देशन बमोजिम लाग्नु पर्ने धारणा राख्नु भयो । यस्तै नवलपरासी क्षेत्र नम्बर ५ का सांसद विक्रम खनालले नेपाली कांग्रेसले सञ्चालन गरेको आन्त्रिक सुधरीकरण कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि क्षेत्र नम्बर ५ मा कार्यकर्ता भेला तथा समसामयिक विषयमा जानकारीका लागि आफुहरु लागि परेको बताउनु भयो ।

नवलपरासी क्षेत्र नम्बर ५ का सभापति दिनेश मणि पटेलको सभापतित्वमा भएको कार्यकर्ता भेला कार्यक्रममा पुर्व केन्द्रिय सदस्य कृष्णचन्द्र नेपाली, जिल्ला सचिव बिक्रम यादव, विभिन्न भातृ संग्ठनका सभापति, ईकाई सभापति लगायतले आफनो धारणा राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन क्षेत्रिय सचिव दिपक बरालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल क्रान्स मोन्टानामा बार आगलागी, करिब ४० को मृत्यु युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते आयोगद्वारा समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग छलफल अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका गोली लागेर एक जनाको मृत्यु भरुवा बन्दुकसहित पाँच जना पक्राउ सुनचाँदीको मूल्य घट्यो नयाँ वर्ष सन् २०२६ सुरु समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने सरकार सुशासन कायम गर्न र चुनावतर्फउन्मुखः प्रधानमन्त्री कार्की गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा