माघ २२, काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले समयमा निर्वाचन हुन नसके मुलुक चक्रब्यूहमा फस्ने चेतावनी दिनुभएको छ । 

प्रेस चौतारी न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २२, काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले समयमा निर्वाचन हुन नसके मुलुक चक्रब्यूहमा फस्ने चेतावनी दिनुभएको छ । 

प्रेस चौतारी न"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन हुन नसके मुलुक चक्रब्यूहमा फस्छ: नेपाल

२२ माघ २०७३, शनिबार ०९:००

माघ २२, काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले समयमा निर्वाचन हुन नसके मुलुक चक्रब्यूहमा फस्ने चेतावनी दिनुभएको छ । 

प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले परिवर्तनका अभियन्ता दलले आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्र्ने राष्ट्रिय दायित्वलाई पूरा गर्न राष्ट्रिय एकताको नयाँ माहोल सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । 

“को मान्छ, को मान्दैन, कसले बहाना बनाउँछ भन्ने छाड्नुस् नत्र तपाईँलाई परिवर्तनका उपलब्धि धरापमा पार्ने बाधकका रुपमा इतिहासले चित्रित गर्नसक्छ,” प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गर्दै उहाँले भन्नुभयो । 

कार्यक्रममा नेता नेपालले चौतारी स्थापनाकालका अगुवा र पूर्व अध्यक्षलाई सम्मान गर्नुभएको छ । सम्मानित हुनेमा नेकपा (एमाले) का तत्कालीन पार्टी प्रचार विभाग प्रमुख प्रदीप नेपाल, वरिष्ठ पत्रकार गोपाल थपलिया, पूर्व अध्यक्ष विजय चालिसे, शम्भु श्रेष्ठ, बालकृष्ण चापागाईँ, गगन विष्ट र राजेन्द्र अर्याल हुनुहुन्छ । 

कार्यक्रममा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले मुलुकलाई विखण्डन गर्न खोज्ने र विदेशी हस्तक्षेपलाई आमन्त्रण गर्ने प्रवृत्तिको अन्त्यका लागि आफ्नो पार्टीले आगामी फागुन २१ गतेदेखि मेची–महाकाली अभियान सञ्चालन गर्न लागेको उल्लेख गर्नुभयो । 

उहाँले पेसागत र साझा संस्थाको मर्यादा र गरिमालाई उँचो राख्न पार्टी सदैव तत्पर रहेको स्पष्ट गर्नुभयो । 

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले परिवर्तित सन्दर्भमा पार्टी र सङ्गठनले आफ्नो भूमिकालाई बदलेर व्यावसायिक पत्रकारितामा केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले राजनीतिक परिवर्तन र लोकतन्त्रतका लागि नेपाली मिडियाले अग्रमोर्चामा रहेर भूमिका निर्वाह गरेको उल्लेख गर्दै परिवर्तनका कार्यसूचीलाई संस्थागत गर्न पनि मिडियाले उत्तिकै भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । 

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले नेपाल पत्रकार महासङ्घलाई राजनीतिक दलको हिस्सा नभई नागरिक अगुवा संस्थाका रुपमा विकसित गर्नुपर्ने बताउनुभयो । 

प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालले पत्रकार महासङ्घलाई स्वतन्त्र संस्थाका रुपमा कायम राख्न दलहरुले यसप्रतिको हस्तक्षेप रोक्नुपर्ने बताउनुभयो । 

वरिष्ठ पत्रकार थपलिया र चौतारीका संस्थापक अध्यक्ष चालिसेले राष्ट्रियतामाथि विभिन्न पक्षबाट भएको आक्रमणबारे पत्रकारिताले जनता समक्ष राष्ट्रिय सोच र सन्देश दिन सक्नुपर्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता