माघ २२, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले संविधान संशोधन प्रस्ताव टुँगो नलागेसम्म निर्वाचनको मिति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २२, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले संविधान संशोधन प्रस्ताव टुँगो नलागेसम्म निर्वाचनको मिति"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘संशोधन प्रस्ताव टुँगो नलागे चुनावको मिति घोषणा हुँदैन्’

२२ माघ २०७३, शनिबार ०९:५२

माघ २२, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले संविधान संशोधन प्रस्ताव टुँगो नलागेसम्म निर्वाचनको मिति घोषणा नहुने दाबी गरेका छन्।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सल्लाहकार खनालले भने,‘संसदमा टेबुल भएको संविधान संशोधन प्रस्ताव टुँगो नलागेसम्म चुनावको मिति घोषणा हुँदैन्, हिजो मधेशी मोर्चाका नेताहरुलाईपनि प्रधानमन्त्रीले संशोधन टुँगो लागेपछि मात्रै चुनावको मिति घोषणा गर्ने आश्वस्त पार्नुभएको छ, र मोर्चाका नेताहरुलेपनि सकारात्मक सहयोग गर्नुपर्छ भनेर प्रमले भन्नुभएको छ, मोर्चा र प्रधानमन्त्रीवीच हिजो जुन सहमति भएको छ, अब त्यसलाई कार्यान्वयन गरेपछि मात्रै चुनावको मिति घोषणा हुन्छ ।’

कार्यक्रममा बोल्दै उनले भने,‘संविधान संशोधन प्रक्रियालाई नै अहिले प्रधानमन्त्रीले तदारुकताका साथ अगाडि बढाईरहनुभएको छ, संविधान संशोधन गरेर सबैलाई मिलाएर चुनावमा जाँदा राम्रो हुन्छ, र देशलेपनि निकास पाउँछ, चुनाव राष्ट्रिय सहमतिमै हुनुपर्छ, यसमा एमालेलेपनि वातावरण निर्माण गर्न सहयोग गर्नुपर्छ ।’

खनालले अहिले मुलुकमा दुई थरी विचारहरु देखा परेको बताउँदै थपे,‘एकथरी अहिले संविधान संशोधन नगरौं, बरु चूनाव गरौं भनेर लागिपरिरहेको छ, अर्को थरी चाहीँ संशोधन गरेर समस्याको हल गरेर चुनावमार्फत देशलाई अघि बढाउनुपर्छ भनिरहेको छ ।’

उनले वर्तमान सरकारको गठन नै मधेश मुद्दा हल गर्ने र चुनाव गरेर संविधान कार्यान्वयन गर्नको लागि भएकोले सरकारले निर्धारित मितिभित्रै तीन वटै निकायको चुनाव गराएर छाड्ने उद्धघोष गरे। संशोधन प्रस्ताव पारित गराउनको लागि वर्तमान सरकार गम्भिर भएर लागिरहेको बताउँदै खनालले भने,‘परिणाम जे आएपनि अब मधेशी मोर्चालेपनि निर्वाचन र संविधान कार्यान्वयनमा सहयोग गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता