प्रज्वल पौडेल/माघ २२, काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको काधँमा निर्वाचन गर्नुपर्ने जिम्मेवारी रहेको बताउनुभएको छ ।

&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पौडेल/माघ २२, काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको काधँमा निर्वाचन गर्नुपर्ने जिम्मेवारी रहेको बताउनुभएको छ ।

&nb"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको काधँमा निर्वाचन गर्नुपर्ने जिम्मेवारी: नेपाल

२२ माघ २०७३, शनिबार १०:०५


प्रज्वल पौडेल/माघ २२, काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको काधँमा निर्वाचन गर्नुपर्ने जिम्मेवारी रहेको बताउनुभएको छ ।

 प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवसको शनिबार राजधानीमा उद्घाटन गर्दै नेपालले मुलुकमा २०७४ माघ ७ लक्ष्मणरेखा भएकाले ३ वटै निर्वाचन सम्पन्न गरिसक्नुपर्ने अहिलेको आवश्यता रहेको बताउनुभयो । 

उहाँले राष्ट्रिय दायित्व पुरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव समेत दिनुभयो । नेपालले तराइ मधेशलाई राष्ट्रियतासँग जोड्न फाल्गुण २१ गतेदेखि तराईमा मेची महाकाली अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । निर्वाचन घोषणा गरेपछि को–को सहभागी हुन्छन् , हुदैनन् भन्ने कुरा गौण भएकाले सरकारले कुनै व्यक्ति वा पार्टीको मुख हेर्नुको कुनै अर्थ नभएको धारणा राख्नुभयो । 

उहाँले मुलुकको परिवर्तनको बाधक सरकार बन्न नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो-" मुलुक र देश रहेमात्र प्रेस स्वतन्त्रता रहन्छ, यसर्थ सिङ्गो प्रेस जगतले राष्ट्रिय आवश्यकतालाई ध्यान दिएर अगाडि बढ्नुपर्छ ।"नेपालमा शान्ति,स्थायित्व र आर्थिक समृद्धि तर्फ लाग्न चुनौती रहेको बताउदै उहाँले संविधान कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।


यस्तै एमाले प्रचार बिभाग प्रमुख योगेश भट्टराईले निर्वाचन आयोगलाई विना मितिको पत्र लेखेर निर्वाचनकाे तयारी गर्न दिएको निर्देशनको कुनै अर्थ नभएको बताउनुभयो । उहाँले भन्नुभयो- कुनै काल्पनिक प्रतिबद्धता चाहिएको होइन, तत्काल चुनावको मिति घोषणा गर्नुपर्छ ।"

कार्यक्रममा एमाले नेता प्रदिप नेपाल,नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्ट,प्रेस काउन्सिलका अध्यक्ष वाेर्ण बहादुर कार्की, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसि लगाएतले राष्ट्रिय आवश्यकता अनुसार पत्रकार अग्रस्थानमा रहेर अगाडि बढ्नुपर्ने धारणा राखे । 

प्रेस चौतारी स्थापना दिवसका अवसरमा नेकपा (एमाले)का तत्कालीन पार्टी प्रचार विभाग प्रमुख प्रदीप नेपाल, वरिष्ठ पत्रकार गोपाल थपलिया, पूर्व अध्यक्ष विजय चालिसे, शम्भु श्रेष्ठ, बालकृष्ण चापागाईँ, गगन विष्ट र राजेन्द्र अर्याललाई सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता