प्रज्वल पौडेल/माघ २२, काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको काधँमा निर्वाचन गर्नुपर्ने जिम्मेवारी रहेको बताउनुभएको छ ।

&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पौडेल/माघ २२, काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको काधँमा निर्वाचन गर्नुपर्ने जिम्मेवारी रहेको बताउनुभएको छ ।

&nb"/>

२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको काधँमा निर्वाचन गर्नुपर्ने जिम्मेवारी: नेपाल

२०७३, २२ माघ शनिबार १०:०५


प्रज्वल पौडेल/माघ २२, काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको काधँमा निर्वाचन गर्नुपर्ने जिम्मेवारी रहेको बताउनुभएको छ ।

 प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवसको शनिबार राजधानीमा उद्घाटन गर्दै नेपालले मुलुकमा २०७४ माघ ७ लक्ष्मणरेखा भएकाले ३ वटै निर्वाचन सम्पन्न गरिसक्नुपर्ने अहिलेको आवश्यता रहेको बताउनुभयो । 

उहाँले राष्ट्रिय दायित्व पुरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव समेत दिनुभयो । नेपालले तराइ मधेशलाई राष्ट्रियतासँग जोड्न फाल्गुण २१ गतेदेखि तराईमा मेची महाकाली अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । निर्वाचन घोषणा गरेपछि को–को सहभागी हुन्छन् , हुदैनन् भन्ने कुरा गौण भएकाले सरकारले कुनै व्यक्ति वा पार्टीको मुख हेर्नुको कुनै अर्थ नभएको धारणा राख्नुभयो । 

उहाँले मुलुकको परिवर्तनको बाधक सरकार बन्न नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो-" मुलुक र देश रहेमात्र प्रेस स्वतन्त्रता रहन्छ, यसर्थ सिङ्गो प्रेस जगतले राष्ट्रिय आवश्यकतालाई ध्यान दिएर अगाडि बढ्नुपर्छ ।"नेपालमा शान्ति,स्थायित्व र आर्थिक समृद्धि तर्फ लाग्न चुनौती रहेको बताउदै उहाँले संविधान कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।


यस्तै एमाले प्रचार बिभाग प्रमुख योगेश भट्टराईले निर्वाचन आयोगलाई विना मितिको पत्र लेखेर निर्वाचनकाे तयारी गर्न दिएको निर्देशनको कुनै अर्थ नभएको बताउनुभयो । उहाँले भन्नुभयो- कुनै काल्पनिक प्रतिबद्धता चाहिएको होइन, तत्काल चुनावको मिति घोषणा गर्नुपर्छ ।"

कार्यक्रममा एमाले नेता प्रदिप नेपाल,नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्ट,प्रेस काउन्सिलका अध्यक्ष वाेर्ण बहादुर कार्की, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसि लगाएतले राष्ट्रिय आवश्यकता अनुसार पत्रकार अग्रस्थानमा रहेर अगाडि बढ्नुपर्ने धारणा राखे । 

प्रेस चौतारी स्थापना दिवसका अवसरमा नेकपा (एमाले)का तत्कालीन पार्टी प्रचार विभाग प्रमुख प्रदीप नेपाल, वरिष्ठ पत्रकार गोपाल थपलिया, पूर्व अध्यक्ष विजय चालिसे, शम्भु श्रेष्ठ, बालकृष्ण चापागाईँ, गगन विष्ट र राजेन्द्र अर्याललाई सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह