माघ २२, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले ९० प्रतिशत जनप्रतिनिधिले बनाएको संविधान कार्यान्वयन हुन नदिन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २२, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले ९० प्रतिशत जनप्रतिनिधिले बनाएको संविधान कार्यान्वयन हुन नदिन "/>
२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सांसद भाडामा ल्याएमात्रै संशोधन प्रस्ताव पारित हुन्छ’

२०७३, २२ माघ शनिबार १२:१३

माघ २२, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले ९० प्रतिशत जनप्रतिनिधिले बनाएको संविधान कार्यान्वयन हुन नदिन विदेशी शक्ति र देउता अनि सरकार लागिपरिरहेको आरोप लगाएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महासेठले भने,‘संविधान संशोधन कसका लागि हो ? नेपाल र नेपालीहरुको लागि हो कि वा विदेशी देउता वा शक्तिहरुको लागि हो ?’ उनले मधेशी जनताले अहिले संविधान संशोधन नभएर कार्यान्वयन चाहेको जिकिर गरे ।

उनले मधेशी जनता यो संविधान लागु होस् भन्ने पक्षमा रहेको उल्लेख गर्दै थपे,‘पूरै ७५ जिल्लाका जनताहरुले अहिले संविधान कार्यान्वयन गर्नुपर्छ भन्ने माग गरेका छन ।’महासेठले प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधनको भाँजो हाल्ने काम गरेको समेत आरोप लगाए ।

उनले भने,‘संविधान संशोधनले न मधेशलाई फाईदा गर्छ न त देशलाई नै, नेपाल रहेमात्रै मधेश रहन्छ, नेपाल नै नरहे मधेश कहाँ रहन्छ र ?’

उनले निर्वाचन र संविधान संशोधनको अन्र्तवस्तुमा कुनैपनि सम्बन्ध नरहेको स्पष्ट पारे। नेता महासेठले एमालेलाई कसैलेपनि राष्ट्रवादको पाठ नपढाउन चेतावनी दिए। उनले थपे,‘हामीले जनताबाट पाठ सिकिसकेका छौं, भन्नेले जे–जे भनेपनि हुन्छ, हामी देश र जनताको पक्षमा काम गर्छौं ।’

उनले संविधान संशोधनको बहानामा प्रचण्ड नेतृत्वको सरकारले आयु लम्ब्याउने काम गरिरहेको समेत आरोप लगाए । ‘विदेशी शक्तिलाईपनि अहिले चुनाव चाहिएको छैन’ उनले भने,‘चुनाव नगर्ने खेलमा लाग्ने हो भने जनताले प्रचण्ड र देउवालाई कहाँ फाल्छ त्यो उहाँहरुले कल्पनापनि गर्न सक्नुहुन्न् ।’

उनले जेठमा चुनाव गर्न नसकिने भनेर गृहमन्त्रालयले भनिरहेको कुरा आफूहरुले थाहा पाएको उल्लेख गर्दै चुनाव कुनैपनि बहानामा टार्न नहुने बताए। नेता महासेठले प्रचण्ड नाम मात्रैको प्रधानमन्त्री भएको समेत जिकिर गरे। उनले थपे,‘क्याविनेटमा अर्को एड हक प्रधानमन्त्री पनि छन् ।’

उनले संविधान संशोधन प्रस्ताव कुनै हालतमा पनि पारित नहुने ठोकुवा गरे। उनले अघि थपे,‘संविधान संशोधनको कल्पना नै गर्न सकिँदैन, नेपालका सांसदले यसलाई पारित गर्दैनन्, काँग्रेस–माओवादीभित्र नै विद्रोह हुन्छ, यदि पास गर्ने हो भने विदेशबाट सांसद भाडामा ल्याउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह