१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

राप्रपाका अञ्चल सचिवसहित ६ जनाद्धारा पार्टी परित्याग

२६ माघ २०७३, बुधबार ०९:१७

माघ २६, बिर्तामोड । राप्रपा नेपाल समेतको एकीकरण भई बनेको पार्टी राप्रपाले प्रजातान्त्रिक मान्यताभन्दा बाहिर गएर काम गरेको भन्दै सो पार्टीको विभिन्न जिम्मेवारीमा रहेका झापाका छ जनाले पार्टी परित्याग गर्दै स्वतन्त्र बस्ने घोषणा गरेका छन् । 

सो पार्टीका मेची अञ्चल सचिव कुमार भट्टराई, झापा संगठन विभाग सचिव पदम प्रसाईं, पूर्व केन्द्रीय परिषद सदस्य तथा क्षेत्रीय सदस्य जगन्नाथ खनाल, झापा क्षेत्र नं. २ का उपाध्यक्ष रोशन विमली, जिल्ला सदस्य दुर्गा रिजाल, तेजबहादुर थापा र जिल्ला परिषद सदस्य खड्गप्रसाद ओडारीले बुधबार संयुक्त विज्ञप्ती जारी गरी पार्टी परित्यागको घोषणा गरेका हुन् । 

राप्रपाका पूर्व जिल्ला सभापति लक्ष्मीप्रसाद ओडारीले समेत यसअघि नै पार्टी परित्यागको घोषणा गरेको बताइएका ेछ ।

‘राप्रपा नेपाल एकीकरणपछि राप्रपा भएको वर्तमान अवस्थामा पार्टीले राष्ट्र, राष्ट्रियता, हिन्दूत्व र प्रजातान्त्रिक मूल्य मान्यताभन्दा बाहिर गई काम गरेको हामीलाई महशुस भएको छ’– विज्ञप्तीमा भनिएको छ – ‘यस कुराले झापाका हामीसहित हजारौं इमान्दार कार्यकर्ता दुःखी भएका छौं ।’ उनीहरुले ०४६ सालदेखि राप्रपामा आबद्ध भई विभिन्न जिम्मेवारीमा रहेर राजनीतिक सक्रिय भएको बताएका छन् । 

दोस्रो जनआन्दोलनपछि राप्रपा नेपालमा आबद्ध हुँदै संविधानसभा सदस्य निर्वाचनदेखि पार्टीका हरेक गतिविधिमा इमान्दारीपूर्वक आफूहरुले अग्रणी र प्रभावकारी भूमिका निर्वाह गर्दै आएको अवस्थामा कार्यकर्ताको भावना विपरित पार्टी अघि बढेको उनीहरुको गुनासो छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन