माघ २६, नवलपरासी | नेपाली कांग्रेसका नेता तथा नवलपरासी क्षेत्र नं. ६ का सांसद देवकरण कलवार (सन्तु)ले देशमा विभिन्न दलहरुको लडाईले स्थानिय निर्वाचन लम्बिदै गएको ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २६, नवलपरासी | नेपाली कांग्रेसका नेता तथा नवलपरासी क्षेत्र नं. ६ का सांसद देवकरण कलवार (सन्तु)ले देशमा विभिन्न दलहरुको लडाईले स्थानिय निर्वाचन लम्बिदै गएको ब"/>
१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

दलहरुको साँढे जुधाईले स्थानिय निकायको चुनावमा ढिलाई

२६ माघ २०७३, बुधबार ११:३३

माघ २६, नवलपरासी | नेपाली कांग्रेसका नेता तथा नवलपरासी क्षेत्र नं. ६ का सांसद देवकरण कलवार (सन्तु)ले देशमा विभिन्न दलहरुको लडाईले स्थानिय निर्वाचन लम्बिदै गएको बताएका छन् । संविधान कार्यान्वयनका लागि संविधान संसोधन प्रस्ताव दर्ता भईसक्दापनि नेकपा एमाले सहित विभिन्न दलको असहमतिले संविधान संसोधन नभई, संविधान कार्यान्वयनमा समस्या देखिएको सांसद कलवारले बताए ।  

जिल्लाको सोमनी गाविसमा १९औं बेलाटारी स्रोत केन्द्र स्तरीय अधारभुत तह खेल प्रतियोगिताको उद्घाटन गर्दै सांसद कलवारले नेपाली कांग्रेस र माओबादी केन्द्रले संविधान संसोधनमा लचकता अपनाएपनि एमाले सहित विभिन्न राजनितिक दलकका कारण संविधान संसोधनमा अवरोध खडा भएको बताए । सरकारले संविधान संसोधन गरि संघिय संरचनामा जान तयार रहेपनि ति दलहरुको असहमतिले संविधान संसोधनमा समस्या चुलिदै स्थानिय निकायको चुनाव लम्बिदै गएको सांसद कलवारले बताए ।

जारी संविधानमा विभिन्न दलहरुको असन्तुष्टिलाई मेटिन र संविधान कार्यान्वयन गर्न सरकार पटक पटक बार्ता बसिरहदापनि केहि राजनितिक दलहरुको असहमतिले संविधान संसोधन हुन सकेको छैन । सांसद कलवारले भने, यदि संविधान कार्यान्वयन हुन सकेन भने यो देश संघिय राज्यमा जान सक्दैन  तथर्स संविधान कार्यान्वयमा सबै एक जुट हुन आग्रह समेत गरे ।

२०५५ साल देखि शुरु भएको बेलाटारी स्रोत केन्द्र स्तरीय खेल हरेक वर्ष विभिन्न विद्यालयहरुले  पालैपालो गरि खेल सञ्चालन गर्दै आएका छन् ।  यस स्रोत केन्द्र अन्र्तगत रहेका १ सय ६ विद्यालय मध्ये यसवर्ष प्रतियोगितामा ५७ वटा विद्यालयको सहभागिता रहेको छ । संचालिन खेल २८ गते सम्म खेल जारी रहने आयोजक विद्यालयले जनाएको छ ।

महेन्द्र माध्यमिक विद्यालय सोमनीमा शुरु भएको खेल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयगोविन्द यादव को अध्यक्ष्ता तथा नेका नेता एवं सांसद देवकरण कलवार को प्रमुख अथित्यतामा मा भएको थियो । कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी चेतनशिल लम्साल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार आले, उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश चन्द्र यादव र विद्यालयका प्रधानध्यापक अजय प्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान मिर्गाैला पीडितहरुद्वारा सहयोगको याचना ‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’ किमकी छोरी उत्तराधिकारी सङ्केत कांग्रेसमा पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न माग बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु ‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’ गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल