माघ २६, नवलपरासी | नेपाली कांग्रेसका नेता तथा नवलपरासी क्षेत्र नं. ६ का सांसद देवकरण कलवार (सन्तु)ले देशमा विभिन्न दलहरुको लडाईले स्थानिय निर्वाचन लम्बिदै गएको ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २६, नवलपरासी | नेपाली कांग्रेसका नेता तथा नवलपरासी क्षेत्र नं. ६ का सांसद देवकरण कलवार (सन्तु)ले देशमा विभिन्न दलहरुको लडाईले स्थानिय निर्वाचन लम्बिदै गएको ब"/>
२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

दलहरुको साँढे जुधाईले स्थानिय निकायको चुनावमा ढिलाई

२०७३, २६ माघ बुधबार ११:३३

माघ २६, नवलपरासी | नेपाली कांग्रेसका नेता तथा नवलपरासी क्षेत्र नं. ६ का सांसद देवकरण कलवार (सन्तु)ले देशमा विभिन्न दलहरुको लडाईले स्थानिय निर्वाचन लम्बिदै गएको बताएका छन् । संविधान कार्यान्वयनका लागि संविधान संसोधन प्रस्ताव दर्ता भईसक्दापनि नेकपा एमाले सहित विभिन्न दलको असहमतिले संविधान संसोधन नभई, संविधान कार्यान्वयनमा समस्या देखिएको सांसद कलवारले बताए ।  

जिल्लाको सोमनी गाविसमा १९औं बेलाटारी स्रोत केन्द्र स्तरीय अधारभुत तह खेल प्रतियोगिताको उद्घाटन गर्दै सांसद कलवारले नेपाली कांग्रेस र माओबादी केन्द्रले संविधान संसोधनमा लचकता अपनाएपनि एमाले सहित विभिन्न राजनितिक दलकका कारण संविधान संसोधनमा अवरोध खडा भएको बताए । सरकारले संविधान संसोधन गरि संघिय संरचनामा जान तयार रहेपनि ति दलहरुको असहमतिले संविधान संसोधनमा समस्या चुलिदै स्थानिय निकायको चुनाव लम्बिदै गएको सांसद कलवारले बताए ।

जारी संविधानमा विभिन्न दलहरुको असन्तुष्टिलाई मेटिन र संविधान कार्यान्वयन गर्न सरकार पटक पटक बार्ता बसिरहदापनि केहि राजनितिक दलहरुको असहमतिले संविधान संसोधन हुन सकेको छैन । सांसद कलवारले भने, यदि संविधान कार्यान्वयन हुन सकेन भने यो देश संघिय राज्यमा जान सक्दैन  तथर्स संविधान कार्यान्वयमा सबै एक जुट हुन आग्रह समेत गरे ।

२०५५ साल देखि शुरु भएको बेलाटारी स्रोत केन्द्र स्तरीय खेल हरेक वर्ष विभिन्न विद्यालयहरुले  पालैपालो गरि खेल सञ्चालन गर्दै आएका छन् ।  यस स्रोत केन्द्र अन्र्तगत रहेका १ सय ६ विद्यालय मध्ये यसवर्ष प्रतियोगितामा ५७ वटा विद्यालयको सहभागिता रहेको छ । संचालिन खेल २८ गते सम्म खेल जारी रहने आयोजक विद्यालयले जनाएको छ ।

महेन्द्र माध्यमिक विद्यालय सोमनीमा शुरु भएको खेल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयगोविन्द यादव को अध्यक्ष्ता तथा नेका नेता एवं सांसद देवकरण कलवार को प्रमुख अथित्यतामा मा भएको थियो । कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी चेतनशिल लम्साल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार आले, उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश चन्द्र यादव र विद्यालयका प्रधानध्यापक अजय प्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ