दिनेश ठकुल्ला | माघ २७, धनगढी | नयाँ बन्ने स्थानीय तहहरुमा कर्मचारी पूर्ति गर्दा हाल रहेका स्थानीय निकायमा कार्यरत कर्मचारीलाई पनि नियुक्ति गरिनु पर्ने माग "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दिनेश ठकुल्ला | माघ २७, धनगढी | नयाँ बन्ने स्थानीय तहहरुमा कर्मचारी पूर्ति गर्दा हाल रहेका स्थानीय निकायमा कार्यरत कर्मचारीलाई पनि नियुक्ति गरिनु पर्ने माग "/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय निकायका कर्मचारी आन्दोलनमा, आज एक घण्टा पेन डाउन

२७ माघ २०७३, बिहीबार ०७:२०


दिनेश ठकुल्ला | माघ २७, धनगढी | नयाँ बन्ने स्थानीय तहहरुमा कर्मचारी पूर्ति गर्दा हाल रहेका स्थानीय निकायमा कार्यरत कर्मचारीलाई पनि नियुक्ति गरिनु पर्ने माग गर्दै स्थानीय तहमा कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । 

सरकारले स्थानीय तहमा कर्मचारी नियुक्त गर्दा निजामति कर्मचारी पठाउने र अपुग कर्मचारी लोक सेवामार्फत भर्ना गर्ने तर स्थानीय तहमा कार्यरत कर्मचारीलाई नपठाउने गरि गृहकार्य गरिरहेको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । बुधबार हातमा कालोपट्टि बाँधेर काम गरेका स्थानीय तहमा कार्यरत कर्मचारीहरुले स्थानीय विकास अधिकारी र प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । 

स्थानीय विकास अधिकारी केशबप्रसाद बिमली र प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई मागसहितको ज्ञापनपत्र बुझाएका छन् । स्थानीय तहमा कार्यरत निजामति बाहेकका कर्मचारीलाई पनि नयाँ संरचनामा स्थानीय तहको जिम्मेवारी दिइनु पर्ने माग उनीहरुले गरेका छन् । स्थानीय निकायम ट्रेड युनियन जिल्ला समन्वय समिति कैलालीका अगुवाईमा गाविस, नगरपालिका, जिल्ला विकाश समितिमा कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रेका हुन् । स्थानीय तहको नयाँ संरचनामा कर्मचारीको व्यवस्थापन र समायोजन गर्दा स्थानीय तहमा कार्यरत निजामति बाहेकका कर्मचारीलाई पनि प्राथमिकता दिनुपर्ने आफूहरुको रहेको कर्मचारीहरुले बताउनुभयोका छन् । 

नयाँ संरचनामा कर्मचारी नियुक्तिको विभेदपूर्ण व्यवस्था सरकारले ल्याउन लागेकाले आफूहरु आन्दोलनमा उत्रिएको स्थानीय निकाय कर्मचारी युनियनका जिल्ला अध्यक्ष शिवराज भाटले बताउनुभयो । कर्मचारी व्यवस्थापन गर्दा स्थानीय निकाय र अन्य सेवाका कर्मचारीको समकक्षता निर्धारण गरि तह श्रेणी मिलान गरिनु पर्र्ने, ज्येष्ठता, योग्यता तथा कार्यसम्पादन मूल्यांकनका आधारमा जिम्मेवारी प्रदान गर्दै दोहारो कर्मचारीतन्त्र रहेने व्यवस्था अन्त्य गर्नुपर्ने, समायोजनमा जान नचाहने कर्मचारीलाई विशेष सुविधा सहित अवकाश दिइनु पर्ने, प्रदेश तथा संघीय सरकारका माथिल्ला पदहरुमा हुने प्रतियोगितामा सहभागि हुन पाउनुपर्ने आफूहरुका माग रहेका अध्यक्ष भाटले बताउनुभयो । 

कर्मचारीहरुले माग पुरा गराउन सरकारलाई दवाव दिनका लागि आन्दोलनका कार्यक्रमहरु समेत घोषणा गरेका छन् । माघ २७ गते बिहान १० देखि ११ बजेसम्म एक घण्टा पेन डाउन गर्ने, माघ २८ गते शुक्रबार बिहान १० देखि १ बजेसम्म हातमा कालोपट्टि बाँधेर पेन डाउन गर्ने आन्दोलनका कार्यक्रम रहेका छन् । माग पुरा नभए फागुन १ गतेदेखि पुरै सेवा बन्द गर्ने कार्यक्रम रहेको जिल्ला विकाश समितिका प्रशासकिय अधिकृत नारायण शर्माले बताउनुभयो । माग सम्बोधन नगरिए स्थानीय निकायका अति आवश्यक सेवा बाहेक अन्य सबै सेवा अनिश्चितकालिन रुपमा ठप्प पार्ने र स्थानीय निकायमा कार्यरत कार्यालय प्रमुखलाई मन्त्रालय फिर्ता पठाउनेलगायतका कार्यक्रम रहेका उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता