१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

तिनै तहको निर्वाचन पछि मात्रै मुलुक सम्बृद्धि तर्फ बढ्ने : महामन्त्री कोइराला

२८ माघ २०७३, शुक्रबार ०३:४३

अजयकुमार साह, माघ २७, उदयपुर । नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले स्थानीय निकाय, संघियत र संसदीय गरी तिनै तहको निर्वाचन सम्पन्न भएपछि मात्रै मुलुक सम्बृद्धिको बाटोमा जाने बताउनुभएको छ ।

महामन्त्री कोइरालाले नेपाली काँग्रेस क्षेत्र नं २ उदयपुरले विहिवार सदरमुकाम गाईघाटमा आयोजना गरेको क्षेत्रीय सम्मेलनको प्रमुख अतिथिको रुपमा उद्घाटन समारोलाई सम्बोधन गर्ने क्रममा सो कुरा बताउनुभएको हो ।

      महामन्त्री डा. कोईरालाले भन्नुभयो “सिमाङ्कनको विषय मुलुकको लागि अत्यन्तै जटील विबादको विषय भएको र यसको छिनोफानो जनताको अत्यधिक मत र रायसुझावको आधारमा गर्नुपर्ने जिकिर गर्नुभयो । उहाँले सिमांकनकै विबादका कारण बर्तमान संविधान कार्यान्यनमा ठूलो चुनौति रहेकोले हाल पेश गरिएको संसोधनको प्रस्तावलाई पारित गरी स्थानीय निकायको निर्वाचन तर्फ अगाडी बढ्नुको अर्को विकल्प नरहेको बताउनुभयो ।

मधेसवादी दलहरु संविधान संसोधन नभएसम्म निर्वाचनमा नजाने र नेकपा एमाले निर्वाचन नगरी संविधान संसोधनमा नजाने भनेर आआप्mनै अडानमा रहिरहँदा अवका ११ महिनाको समयाअवधि राजनैतिक खिचातानीमा सकिने र त्यसपछि मुलुक ठूलो सम्बैधानिक सङ्कटको भुमरिमा फस्नसक्ने भएकोले अन्तरिम संविधानलाई टेकेर भएपनि राजनैतिक सहमति गरेर संसोधन प्रस्ताव पारित गर्दै स्थानीय निकायको निर्वाचनमा जानुको विकल्प नरहेको उहाँले बताउनुभयो ।

      उहाँले नेपाली काँग्रेसलाई अवहुने सवै निर्वाचनमा उत्कृष्ट पार्टीको रुपमा स्थापीत गराउन जनताले महत्वपूर्ण निर्णय लिन आग्रह समेत गर्नुभयो । उहाँले देशलाई सही दिशातर्फ डो¥याउन नेपाली काँग्रेस बाहेक अन्य कुनै दल सक्षम नरहेकोले अब देशलाई गति दिन सवैले नेपाली काँग्रेसलाई अत्यधिक मतले जिताउन महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो ।

      कार्यक्रमा नेका केन्द्रीय सदस्य तथा सिचाइ मन्त्री दिपक गिरीले दलहरुका बीचमा सहमति हुन नसक्ता मुलुकमा अवहुने भनिएको ३ वटा निर्वाचन हुने कि नहुने भन्ने अन्यौल्ता छाइरहेकोले यसलाई चिर्न सरकार तत्काल सहमतिको वातावरण बनाउन र  निर्वाचनको मिति घोषणा गर्ने तयारीमा लाग्नुको अर्को विकल्प नरहेको बताउनुभयो ।  

      उहाँले देशमा १७ वटा ठूला खोलाले ठूलो परिमाणमा खेतियोग्य जमिन कटान र पुरान गरी उर्वर भूमिलाई मरुभूमिकरण गर्दै लगेकोले यसलाई रोक्न र गाउँ गाउँमा सिचाईको ब्यवस्था गरी विदेसिएका युवा शक्तिलाई स्वदेशमै रोजगारीको अवसर सृजनागरे मात्रै सम्मृध नेपाल निर्माणगर्न सकिने भएकोले आपूm र आपूmले नेतृत्व गरेको सिंचाइ मन्त्रालय अहिले यसै कार्यमा लागिरहेको बताउनु भयो ।

      क्षेत्रीय सभापति बसन्तकुमार वस्नेतको सभापतित्वमा भएको सो सम्मेलनमा केन्द्रीय सदस्यहरु धनराज गुरुङ, गुरुराज घिमिरे, देबेन्द्रराज कडेल, लष्मि परियार, सरीता प्रसाइ, केन्द्रीय सदस्य तथा साँसदजीवन परियार,जलश्रोत तथा कृषि समितिका सभापति मोहन बराल, साँसद शान्तिदेवि चौधरी, पूर्व साँसद प्रमिला राई, नेका उदयपुरका सभापति बिदुर बस्नेत, निवर्तमान सभापति हिमाल कार्की, महिला नेतृ रीता खनाल, नेका त्रियुगा नगर सभापति शरोज बस्नेत र पाँचथर नेकाका सभापति नरेन्द्र केरुङ्लगायतका नेताहरुले शुभकामना ब्यक्त गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन