माघ २९, सल्लेरी | नेकपा (एमाले)का केन्द्रीय सचिव योगेश भट्टराईले जेठ महिनामा जसरी भए पनि स्थानीय निकायको निर्वाचन गराउन सरकारसँग माग गर्नुभएको छ । 

यहाँ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २९, सल्लेरी | नेकपा (एमाले)का केन्द्रीय सचिव योगेश भट्टराईले जेठ महिनामा जसरी भए पनि स्थानीय निकायको निर्वाचन गराउन सरकारसँग माग गर्नुभएको छ । 

यहाँ "/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जेठमा स्थानीय निकायको निर्वाचन गराउन माग

२९ माघ २०७३, शनिबार १५:०९

माघ २९, सल्लेरी | नेकपा (एमाले)का केन्द्रीय सचिव योगेश भट्टराईले जेठ महिनामा जसरी भए पनि स्थानीय निकायको निर्वाचन गराउन सरकारसँग माग गर्नुभएको छ । 

यहाँ आज आयोजित जनताको बहुदलीय जनवादसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै सचिव भट्टराईले मुलुक सङ्कटमा परेकाले सबैको सहमति जुटाइ निर्वाचन गर्नुपर्ने बताउनुभयो । 

मदन भण्डारी अध्ययन केन्द्रको आयोजनामा भएको कार्यक्रममा उहाँले वर्तमान सरकार चुनावबाट भाग्न खोजेको आरोप लगाउनुभयो । वर्तमान सरकारले चुनाव गर्न नसके त्यसको नेतृत्व नेकपा (एमाले)ले गर्ने र शान्तिपूर्ण ढङ्गबाट जेठ महिनामा निर्वाचन गराउन आफूहरु तयार रहेको उहाँको भनाइ थियो । 

देशलाई लोकतान्त्रिक पद्धतिमा लैजानका लागि सहमतिमा आउन उहाँले सबैलाई आग्रह गर्नुभयो । सहमति भए संविधान कार्यान्वयका लागि नेकपा (एमाले) हदैसम्मको लचकता अपनाउन तयार रहेको भट्टराइले बताउनुभयो । 

प्रदेश नं १ मुलुकमै प्राकृतिक हिसाबले महत्वपूर्ण प्रदेश रहेको र पर्यटकीय क्षेत्रमा प्रचुर सम्भावना बोकेका हुँदा यसको प्रवद्र्धनमा सबैले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य रामकुमारी झाँक्रीको समेत उपस्थिति रहेको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन