माघ २९, सल्लेरी | नेकपा (एमाले)का केन्द्रीय सचिव योगेश भट्टराईले जेठ महिनामा जसरी भए पनि स्थानीय निकायको निर्वाचन गराउन सरकारसँग माग गर्नुभएको छ । 

यहाँ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २९, सल्लेरी | नेकपा (एमाले)का केन्द्रीय सचिव योगेश भट्टराईले जेठ महिनामा जसरी भए पनि स्थानीय निकायको निर्वाचन गराउन सरकारसँग माग गर्नुभएको छ । 

यहाँ "/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जेठमा स्थानीय निकायको निर्वाचन गराउन माग

२०७३, २९ माघ शनिबार १५:०९

माघ २९, सल्लेरी | नेकपा (एमाले)का केन्द्रीय सचिव योगेश भट्टराईले जेठ महिनामा जसरी भए पनि स्थानीय निकायको निर्वाचन गराउन सरकारसँग माग गर्नुभएको छ । 

यहाँ आज आयोजित जनताको बहुदलीय जनवादसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै सचिव भट्टराईले मुलुक सङ्कटमा परेकाले सबैको सहमति जुटाइ निर्वाचन गर्नुपर्ने बताउनुभयो । 

मदन भण्डारी अध्ययन केन्द्रको आयोजनामा भएको कार्यक्रममा उहाँले वर्तमान सरकार चुनावबाट भाग्न खोजेको आरोप लगाउनुभयो । वर्तमान सरकारले चुनाव गर्न नसके त्यसको नेतृत्व नेकपा (एमाले)ले गर्ने र शान्तिपूर्ण ढङ्गबाट जेठ महिनामा निर्वाचन गराउन आफूहरु तयार रहेको उहाँको भनाइ थियो । 

देशलाई लोकतान्त्रिक पद्धतिमा लैजानका लागि सहमतिमा आउन उहाँले सबैलाई आग्रह गर्नुभयो । सहमति भए संविधान कार्यान्वयका लागि नेकपा (एमाले) हदैसम्मको लचकता अपनाउन तयार रहेको भट्टराइले बताउनुभयो । 

प्रदेश नं १ मुलुकमै प्राकृतिक हिसाबले महत्वपूर्ण प्रदेश रहेको र पर्यटकीय क्षेत्रमा प्रचुर सम्भावना बोकेका हुँदा यसको प्रवद्र्धनमा सबैले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य रामकुमारी झाँक्रीको समेत उपस्थिति रहेको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै